Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

राेजगार

प्रधानमन्त्री रोजगार कार्यक्रम,रोजगार घट्दै बेरोजगार बढ्दै

60f0fc0f79bb5_60ec509612a-1694052302.jpg

 

२१ भदौ २०८०, बिहिबार

काठमाडौँ, भदौ २१ गते । मुलुकका बेरोजगार युवालाई रोजगारी प्रदान गर्न भन्दै सरकारले सञ्चालन गरिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम (पिएमइपी) मा सूचीकृत हुुने बेरोजगार युुवाको सङ्ख्या बढ्दै जाने तर रोजगारी सिर्जना गर्ने बजेट भने घट्दै गएको पाइएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा सूचीकृत बेरोजगारको सङ्ख्या बढ्दै गएको छ तर कार्यक्रमका लागि विनियोजित बजेट घट्दै जाँदा लाभ पाउनेको सङ्ख्या खस्कँदै गएको देखिएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सो कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ मा देशभरबाट आठ लाख ८५ हजार १५६ जना बेरोजगारका रूपमा सूचीकृत भएका छन् । आव २०७९/८० मा यस्तो सङ्ख्या आठ लाख ४१ हजार ३७९ थियो भने त्यसभन्दा अघिल्लो आवमा दर्ता हुुनेको सङ्ख्या सात लाख आठ हजार २४५ जना थियो । 

बजेटतर्फ भने आव २०७८/७९ मा उक्त कार्यक्रमका लागि १२ अर्ब तीन करोड ४९ लाख रुपियाँ विनियोजन गरिएको थियो गत आवमा बजेट घटाएर सात अर्ब १३ करोड २९ लाख रुपियाँमा सीमित गरियो । चालुु आवमा त झनै यसका लागि पाँच अर्ब ९४ करोड ६९ लाख रुपियाँ मात्रै छुट्याइएको छ ।  

श्रमविज्ञ डा. गणेश गुुरुङले सरकारले आन्तरिक रोजगारी सिर्जनाका कार्यक्रमलाई प्राथमिकता नदिएको देखिएको औँल्याउनुभयो । “बेरोजगारको सूची बढे पनि सरकारले उक्त कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरेर लक्षित समूहलाई रोजगारी दिन नसक्नुले यसलाई पुष्टि गर्छ,” उहाँले भन्नुभयो ।  

प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक रामचन्द्र ढकालले कार्यक्रमको प्रभावकारिता बढेको दाबी गर्दै श्रमिकको सङ्ख्या बढेको तर बजेट घटेकाले प्रदान गर्ने रोजगारीको लक्ष्य पनि घटाउँदै लग्नुु परेको बताउनुुभयो । “चालुु आवमा रोजगारीको लक्ष्य ८६ हजार राखिएको थियो तर विनियोजित बजेट पछिल्लो ज्याला वृद्धिका कारण अव ६० हजारलाई पनि मुस्किलले रोजगारी दिन सकिएला,” उहाँले भन्नुभयो, “तैपनि कतैबाट बजेट थप गर्न सकिन्छ कि भनेर लक्ष्य भने ८६ हजार नै राखिराखेका छौँ ।”

सरकारले आन्तरिक रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन नसक्दा रोजगारीका लागि बिदेसिनेको सङ्ख्या गत वर्ष मात्रै सात लाख ७० हजार पुगेको थियो । चालु आवमा यो सङ्ख्या झनै बढ्ने देखिएको छ ।

चालु आवको बजेटमा कृषि, वन, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, औद्योगिक र घरेलु तथा साना उद्योग क्षेत्रलाई रोजगारी सिर्जनाको स्तम्भका रूपमा विकास गरिने उल्लेख छ । सरकारले आन्तरिक रोजगारी सिर्जनाका लागि महŒवाकाङ्क्षी योजनाका रूपमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरे पनि पाँच आवदेखि रोजगारी पाउनेको सङ्ख्या सन्तोष मान्न सक्ने अवस्था देखिँदैन । 

सरकारले गत आवमा प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिमार्जन गरी रोजगारी दर बढाउने प्रतिबद्धता जनाएको थियो । सो अनुसार परमार्जित कार्यविधिमा स्थानीय तहको सहकार्यमा खेतीयोग्य बाँझो जमिन पहिचान गरी रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई यस कार्यव्रmममार्फत कृषि र उत्पादनमूलक क्षेत्रमा रोजगारी प्रदान गरिने भनिएको छ । 

बजेट भाषणमा प्रत्येक वर्ष रोजगार सेवा केन्द्रमार्फत दुई लाख सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गरिने जनाइए पनि लक्ष्य भने पूरा हुन सकेको छैन । चालु बजेटमा उत्पादनशील र मर्यादित रोजगारीका माध्यमबाट श्रम बजारमा प्रवेश गर्न योग्य जनशक्तिलाई रोजगारीका क्षेत्रमा आफ्नो सम्भावनाको उच्चतम प्रयोग गर्न सक्ने बनाउन सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा सिपमूलक व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

श्रम मन्त्रालयले प्राथमिकताका साथ सबै बेरोजगार जनशक्तिको योग्यता, क्षमता र सिपसमेत उल्लेख हुने गरी तथ्याङ्क अद्यावधिक गर्ने बताए पनि ठुलो सङ्ख्यामा रहेका बेरोजगारले रोजगारी पाएका छैनन् । 

हाल सूचीकृत सबै बेरोजगारलाई रोजगारीमा संलग्न गराउन करिब ४५ अर्ब बजेट आवश्यक पर्ने विज्ञको भनाइ छ । बेरोजगार व्यक्तिको प्राथमिकीकरण गरिनुपर्ने, स्थानीय तहमा बेरोजगार व्यक्तिको सामाजिक र आर्थिक अवस्थामा खासै भिन्नता नहुने तथा समान अवस्थाको अर्को बेरोजगारले रोजगारी नपाउने अवस्थाको पहिचान गर्न नसक्दा कार्यक्रम फितलो भएको देखिन्छ । गोरखापत्र अनलाइन बाट 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg