pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

प्रदेश ३ को नमुना युवा संसदमा कस्को कुर्सी कुन ?

mmmmmmmm.-1559626691.jpg


 जेठ२१ ,मकवानपुर , आइतबार देखि ३ नम्बर प्रदेश राजाधानी हेटौंडामा नमुना युवा संसदको अभ्यास भइरहेको छ । राष्ट्रिय युवा परिषदको आयोजनामा भइरहेको उक्त कार्यक्रममा प्रदेश ३ को १३ वटा नै जिल्ला बाट विविध माध्याम बाट छानिएर आएका लगभग ४० जना युवा ले जोडदार संसदीय अभ्यास गरिरहेका छन् । आइतबार देखि बुधबार सम्म चल्ने ४ दिवसीय उक्त कार्यक्रममा पहिलो दिन राष्ट्रिय युवा परिषद को काम ,कर्तव्य र अधिकार का बारे जानकारी दिदै युवाको बर्तमान अवस्था ,श्रम बजारमा युवाको प्रतिशत ,तथा राष्ट्रिय युवा नीति र युथ भिजन २०२५ का बारेमा बताउदै युवा संसदको अवधारणा किन र कहिले ? भन्ने बारेमा रमेश पौडेल ले प्रशिक्षण दिनु भएको थियोे । 
यस्तै क्रममा प्रदेश ३ का प्रदेश सभा सदस्य तथा ने.क.पा.मकवानपुर का अध्यक्ष माननीय मुनु सिग्देलले लोकतन्त्र स्थापनाको लागि गरेको संघर्स ,ब्यब्स्थासंगैै अवस्था परिवर्तनका लागि युवाको आवस्यकता ,युवा लक्षित एजेन्डा निर्माणमा युवाको भुमिका ,महिला उद्धमशिलता र सिर्जनशिलता,तथा संसद भइसके पछि उसको दायित्व र भिजन के हो?? भन्ने बारे प्रदेश नम्बर ३ का आम युवा संसदको जमात लाई स्पष्ट पार्नु भएको थियोे । यस्तै क्रममा अधिवक्ता बालकृष्ण सिग्देलले ब्यब्वस्थापिका ,कार्यपालिका र न्यायपालिका को काम कर्तव्य र अधिकारलाई बताउदै यी सबै प्रमुख अङग को अन्तर सम्बन्ध बारे स्पष्ट पार्नु भयो ।
   
यसरी पहिले नै सामान्य प्रशिक्षण पाइसकेका युवा संसदहरु सोमबार भने युवा सरकार निर्माण तर्फ पो लाग्न थाले लोकतान्त्रिक पद्धति मै रहेर सत्ता पक्ष र प्रतीपक्ष चुनियो । र सरकार निर्माण हुँदै मन्त्री मण्डल गठन भयो ।त्यस्तै क्रममा प्रदेश ३ युवा सरकारको युवा प्रधानमन्त्रीमा काभ्रेका रन्जन पौडेल नियुक्त भए भने  राष्ट्रपति मा सिन्धुपाल्चोक का सुमनी श्रेष्ठ चुनिन सफल भइन । सभामुख मा नवराज देवकोटा तथा मकवानपुर थाहा नगरपालिकाका  दिनेश कार्कीले शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री सम्हाल्ने भएका छन । यस्तै दोलखाका बिकास थामी ले गृह मन्त्री ,रामेछापका बोध प्रसाद दाहाल ले श्रम तथा रोजगार मन्त्री ,चितवनका आरती घिमिरेले युवा तथा खेलकुद मन्त्री ,सिन्धुलीका सुस्मा थिङ ले स्वस्थ्य,जनसंख्या तथा  बाताबरण मन्त्री र धादिङ का रविना पौडेलले कृषि मन्त्री को जिम्मेवारी पायका छन । भने प्रमुख संसदीय दलको नेता मा रामेछापका नृपेस सापकोटा र महासचिवमा मकवानपुर कै अस्मिता कार्कीले नेतृत्व गर्ने भएकि छिन् । भोलि मङलबार भने केन्द्रिय व्य्बस्थापिका संसद बैठक कै ढाँचामा युवा संसदको बैठक सन्चालन हुने छ । र अन्तिम दिन प्रदेश मुख्य मन्त्री, प्रदेश तथा प्रतिनिधि सभा सदस्य ,हेटौंडा उप(महानगरपालिका का मेयर ,उप( मेयर तथा अन्य सरोकार वाला र स्थानीय युवा जमातको बिचमा युवा संसदले भब्य संसद चलाउने छन। 
   हेटौंडाको मकवानपुर उद्योग वाणिज्य संघको सभाहल मा चलिरहेको यो कार्यक्रममा राष्ट्रिय युवा परिषदका शाखा प्रमुख शारदा ज्ञावलि तथा प्रदेस संयोजक पबित्रा भुर्तेलले सहजिकरण गरिरहनु भएको छ भने रमेश पौडेलले प्रशिक्षण दिइरहनु भएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...