pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

प्रदेश ३ का  शिक्षा बिज्ञान तथा प्राविधि नमुना युवा मन्त्रीको कुर्सी थाहाका दिनेश कार्की लाई 

62186117_1508480502626754-1559891923.jpg


जेठ २४,मकवानपुर ,नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय ,राष्ट्रिय युवा परिषद ले आयोजना गरेको नमुना संसदीय अभ्यास कार्यक्रम बाट मकवानपुर थाहा नगरपालिकाका दिनेश कार्की शिक्षा बिज्ञान तथा प्रविधि युवा मन्त्री मा नियुक्त भएको छन् । लोकतान्त्रिक पद्धति मै रहेर सत्ता पक्ष र प्रतीपक्ष चुनिदै । र सरकार निर्माण हुँदै मन्त्री मण्डल गठन भएको थियोे  ।त्यस्तै क्रममा प्रदेश ३ युवा सरकारको युवा प्रधानमन्त्रीमा काभ्रेका रन्जन पौडेल नियुक्त भए भने राष्ट्रपतिमा सिन्धुपाल्चोक का सुमनी श्रेष्ठ चुनिन सफल भएकि थिइन् ।
यस्तै दोलखाका बिकास थामीले गृह मन्त्री ,रामेछापका बोध प्रसाद दाहालले श्रम तथा रोजगार मन्त्री ,चितवनका आरती घिमिरेले युवा तथा खेलकुद मन्त्री ,सिन्धुलीका सुस्मा थिङले स्वस्थ्य,जनसंख्या तथा बाताबरण मन्त्री र धादिङका रविना पौडेलले कृषि मन्त्री को जिम्मेवारी पायका छन । भने प्रमुख संसदीय दलको नेतामा रामेछापका नृपेस सापकोटा र महासचिवमा मकवानपुर कै अस्मिता कार्कीले नेतृत्व गर्ने छिन्। बिश्वको विभिन्न देशमा धेरै अगाडि देखि  युवा संसदीय अभ्यास हुँदै आइरहे पनि नेपालमा भने यो दोस्रो पटक हो ।राष्ट्रिय युवा परिषद ले अब युवा लाई जिम्मेवारी दिनुपर्छ भोलि देश हाक्ने युवाको जमातलाई संसदीय अभ्यासको बारे स्पस्ट हुनु पर्छ भन्ने मुल धेय ले गत आर्थिक बर्स देखि यो कार्यक्रम लागू गरिएको हो। यसको संरचना स्थानीय, प्रदेश र संघीय हुन्छ हाल सम्म स्थानीय सक्किसकेको  र प्रादेशिक अब अन्तिम चरणमा पुगेको छ।यसै क्रममा आज प्रदेश नम्बर ३ को प्रदेश स्तरीय युवा संसदको अभ्यास पुर्ण भएको छ।  आइतबार देखि ३ नम्बर प्रदेश राजाधानी हेटौंडामा प्रदेश ३ को १३ वटा नै जिल्ला बाट विविध माध्याम बाट छानिएर आएका लगभग ४० जना युवाले जोडदार संसदीय अभ्यास गरेका थिए । आइतबार देखि बुधबार सम्म चलेको ४ दिवसीय उक्त कार्यक्रममा पहिलो दिन राष्ट्रिय युवा परिषदको काम ,कर्तव्य र अधिकार का बारे जानकारी दिदै युवाको बर्तमान अवस्था ,श्रम बजारमा युवाको प्रतिशत ,तथा राष्ट्रिय युवा नीति र युथ भिजन २०२५ का बारेमा बताउदै युवा संसदको अवधारणा किन र कहिले??? भन्ने बारेमा रमेश पौडेल ले प्रशिक्षण दिनु भएको थियोे।यस्तै क्रममा प्रदेश ३ का प्रदेश सभा सदस्य तथा ने.क.पा.मकवानपुर का अध्यक्ष माननीय मुनु सिग्देलले लोकतन्त्र स्थापनाको लागि गरेको संघर्स ,ब्यब्स्था सङै अवस्था परिवर्तनका लागि युवाको आवस्यकता ,युवा लक्षित एजेन्डा निर्माणमा युवाको भुमिका ,महिला उद्धमशिलता र सिर्जनशिलता,तथा संसद भइसके पछि उसको दायित्व र भिजन के हो?? भन्ने बारे प्रदेश नम्बर ३ का आम युवा संसदको जमात लाई स्पष्ट पार्नु भएको थियोे । 
यस्तै क्रममा अधिवक्ता बालकृष्ण सिग्देलले ब्यब्वस्थापिका ,कार्यपालिका र न्यायपालिका को काम कर्तव्य र अधिकार लाई बताउदै यी सबै प्रमुख अङगको अन्तर सम्बन्ध बारे स्पष्ट पार्नु भयो । दोस्रो  दिन नै गठन भैसकेको युवा मन्त्री मन्डलमा युवा संसदको बैठक सन्चालन भयो । र अन्तिम दिन  राष्ट्रिय युवा परिषदका ३ नम्बर प्रदेश संयोजक श्री पबित्रा भुर्तेलको सभाध्यक्ष ,माननीय आर्थिक मामिला तथा स्थानीय बिकास मन्त्री कैलास ढुङेल को प्रमुख आतिथ्य तथा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङेलको बिशिस्ट आतिथ्यता रहेको थियोे । 
त्यस्तै नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल ,सामाजिक बिकास मन्त्रालयका निमित्त सचिव ,जिल्ला युवा समितिका अध्यक्ष तथा पत्रकार , प्रदेश तथा प्रतिनिधि सभा सदस्य , अन्य सरोकार वाला र स्थानीय युवा जमातको बिचमा युवा संसदले भब्य संसद चलायका थिए । हेटौंडाको मकवानपुर उद्योग वाणिज्य संघको सभाहलमा चलिरहेको यो कार्यक्रममा राष्ट्रिय युवा परिषदका शाखा प्रमुख शारदा ज्ञावलि तथा प्रदेस संयोजक पबित्रा भुर्तेल ले सहजिकरण गर्नु भएको थियो   भने रमेश कुमार पौडेलले प्रशिक्षण दिनु भएको थियोे ।
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...