jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

प्रदेश र स्थानीय सरकार द्वारा सालक संरक्षणमा प्रतिबद्धता व्यक्त।

FB_IMG_1676826338879-1676826351.jpg

बागमती प्रदेश बन तथा वातावरण मन्त्री राजु बिष्टले बिश्वमा ८ प्रजातिका सालक रहेकोमा र नेपालमा २ प्रजातिका सालक पाईने बताउदै । सालकले मानवलाई कहिल्यै हानी नगर्ने स्तनधारी जिब भएकोले सालक र बन तथा पारिस्थितिक प्रणाली संरक्षमा बिनियोजित रकम अपुग भए छलफल गरि सम्बोधन गर्न सकिने बताउनु भयो । त्रि दिवसिय कार्यक्रमको दोश्रो दिनको कार्यक्रम अन्तर्गत डिभिजन बन कार्यालय राप्ती मनहरी कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका मन्त्री बिष्टले मकवानपुरलाई अब केही महिनामा किसान मैत्री सालकलाई मकवानपुरको चिनारिको रुपमा अगाडि बढाउने यो अभियान सफल रहोस भन्दै संरक्षणको क्षेत्रमा बसेर छलफल गरि आवश्यकताका आधारमा बजेटको ब्यबस्था गराउने प्रतिबद्धता जनाउनु भयो ।

जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानले सालकको सन्दर्भमा यस्तो बृहत जानकारीमुलक कार्यक्रम मकवानपुरमै पहिलो पटक भएको र मकवानपुर जिल्लालाई सालक मैत्री बासस्थान बन्ने र बनाउने अभियानमा जि स स सहकार्य गर्न तैयार रहेको भन्दै आगामी दिनमा समवनय गर्न कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाउनु भयो ।

बागमती प्रदेश बन तथा वातावरण मन्त्रालय सचिव यज्ञ नाथ दाहालले बि स २०३० साल देखिनै संरक्षित एन सहित नेपाल सरकारले सालक संरक्षणमा लागि परेको बताउनुभयो । प्रदेश सरकारले सबै पारिस्थितिक प्रणालिहरुलाई संरक्षण गर्न चालू आर्थिक बर्षमा ५ करोड ४६ लाख मध्य बासस्थान संरक्षण अन्तर्गत रकम बिनियोजन गरेको र सालक संरक्षणको लागि पनि खर्च गर्न सकिने बताउनु भयो ।भबिष्यका पुस्तालाई मानव मैत्री बाताबरण छोड्ने प्रण गरौ भन्दै सम्बन्धित सबै सरोकारवालासङ्ग आग्रह गर्नुभयो ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले शुभकामना मन्तव्य दिदै मनहरी गाउँपालिकाले सालक संरक्षण अभियानको अबिभावकत्व लिन तयार रहेको र सहकार्य गर्न तैयार रहेको भन्दै डिभिजन बनको यो महान अभियानमा मनहरी गाउँपालिका हातमा हात र साथमा साथ मिलाएर अगाडि बढ्न तैयार रहेको बताउनु भयो ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले
मकवानपुर जिल्लामा केही गरौ भन्ने अभिप्राय बोकेर अगाडि बढ्नुभएका डिभिजन बन कार्यालयका प्रमुख लाई धन्यबाद दिदै राक्सिराङ गाउँपालिकालाई हरित गाउँपालिका बनाउन सहयोग गर्ने अभियानमा गाउँपालिका तत्पर रहने र मकवानपुरलाई सालकको पहिचान दिन गाउपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग गर्न तैयार रहेको भन्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।

मनहरी गाउँपालिका उपाध्यक्ष एबम बन संरक्षण अभियानता सीता पुलामी मगर रेखा :- अब सामुदायिक बनका उपभोक्ता समुहले जङ्गलको संरक्षण सङ्गै सालकको पनि संरक्षण गर्नु पर्ने जिम्मेवारी थपिएको बताउनुभयो । लामो समय देखि बन संरक्षण अभियानमा रहनुभएका पुलामी मनहरि गाउँपालिका उपाध्यक्ष समेत रहनुहुन्छ । गाउँपालिका भित्रै डिभिजन बन कार्यालयको कार्यालय रहेर बन संरक्षणमा लागि रहेको कार्यालयले अब मकवानपुर जिल्लालाई सालकले चिनाउने अभियानमा लाग्दै गर्दा खुसी लागेको भदै आफ्नो तर्फबाट गर्नपर्ने सहयोग सदैब रहने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै सालक विशेषज्ञ डा.तुलसी लक्ष्मी सुवालले १५ बर्षको अध्ययनमा सालकसङ्गै नजिक रहेर बिध्याबारिधी गर्दाको अनुभवमा सालकको आनिबानी , बर्तमान अवस्था र किन संरक्षण गर्नु आवश्यक छ भन्ने कुरामा आफ्नो मन्तव्य राख्नुभएको थियो ।

डिभिजन बन कार्यालय राप्तिको डिभिजन बन अधिकृत बिष्णु प्रसाद आचार्यको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले सालक भनेको साना बालक जस्तै हो भन्दै जसरी बालकलाई माया गर्छौ त्यसैगरी सालकलाई पनि माया गर्नुपर्ने बताउनुभयो । वातावरण मा रहेका धमिरा किरा खाई बाली नास हुनबाट जोगाउने भएकोले किसानको असली साथी सालक भएको भन्दै मानिस र सालक मीत लगाउनुपर्ने बताउनुभयो ।साथै मकवानपुरलाई अब ६ महिना सम्ममा सालकले चिनाउने गरि कार्य सम्पादन हुँदै गरेको जानकारी दिनुभयो । कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न गराउन सहयोगी भुमिका निर्बाह गरिदिनुहुने सबै संघ सस्थालाई धन्यबाद समेत ब्यक्त गर्नुभयो ।

विश्व सालक दिवस मनाउने क्रममा दोश्रो दिनको कार्यक्रम अन्तर्गत सालक सम्बन्धी कबिता , निबन्ध, गित र भजन प्रस्तुत गरिएको थियो । साथै कार्यक्रममा सहभागी भएका बिद्यार्थीले सालकको बारेमा यसरी बृहत रुपमा थाहा पाउदा ज्यादै खुसी लागेको युनाईटेड ईङ्लिस बोर्डिङका १० कक्षामा अध्ययनरत छात्र सोभित खड्काले आयोजकलाई धन्यवाद दिए ।कार्यक्रममा सहभागी एबम बिद्यार्थीहरुले नि:शुल्क रुपमा फेस आर्ट गरि सालक प्रती सद्भाव देखाएका थिए । कार्यक्रममा मनहरीका सामुदायिक तथा निजि स्कुलका बिद्यार्थी , सामुदायिक बन समुहका पदाधिकारी फरेस्टी क्याम्पस हेटौडाका बिद्यार्थी ,विभिन्न संघ सस्थाका प्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि एबम जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण शम्भु तामाङ्ले गर्नुभएको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...