pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

प्रतिगमनविरोधी एकातिर, मतियारहरु अर्कातिर हुन्छन् : उपेन्द्र यादव

जनता समाजवादी पार्टी९जसपा० का अध्यक्ष उपेन्द्र यादवले पार्टीमा लोकतन्त्रका पक्षधर, प्रतिगमन विरोधीहरु एकातिर र त्यसका मतियारहरुले अर्कोतिर हुने बताएका छन् । बिहीबार नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले कुनै एउटा पार्टीमा मात्र नभई पूरै देशभर ध्रुवीकरण हुने उल्लेख गरे ।


अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा पार्टी नफुट्ने र फुटाउन पनि नहुने बताए । अहिले सरकार हटाउने र बनाउने खेलभन्दा पनि जनताले हासिल गरेको उपलब्धीको रक्षाको लडाइँ प्रमुख रहेको उनले उल्लेख गरे । 


अध्यक्ष यादवले जनताले लामो समय गरेको त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, मौलिक हकलगायतका उपलब्धि जोगाउनका लागि राजनीतिक लडाइँ चलिरहेको बताए । उनले भने, ‘जनताले प्राप्त गरेका उपलब्धिलाई समाप्त पार्ने र मुलुकलाई प्रतिगमनतर्फ लैजाने एउटा ध्रुव छ भने अर्को त्यसलाई जोगाउने । यो प्रतिगमन र अग्रमनबीचको लडाइँ हो ।’


यादवले अहिले विचार र मिसनको लडाइँ चलेको बताउँदै मिसनका पक्षमा जो अगाडि बढ्छ, ती एक ठाउँ हुने र त्यसमा कुनै पार्टी, जाति र वर्गको दायरा नहुने बताए । जो प्रतिगमनका पक्षमा रहन्छन् र उनीहरुको  मतियार हुन्छन् तिनीहरु अर्कोतिर ध्रुवीकरण हुने यादवले बताए ।

जसपा अध्यक्ष यादवले भने, ‘२०१७ सालमा राजा महेन्द्रले प्रतिगमन गर्दा कोही जेलमा परे, प्रतिगमनका विरुद्ध उभिने कोही निर्वासनमा जानुप७थभलसयो । जो प्रतिगमनका पक्षमा थिए, राजा महेन्द्रका पक्षमा लागेर मोज गरिरहेका थिए । हरेक ऐतिहासिक कालखण्डमा देखापर्ने स्वभाविक घटना हुन्छन् । अन्तिम जित जनताको पक्षमा उभिनेकै हुन्छ ।’

यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने कुरामा पार्टीमा फरक विचार हुनु सामान्य घटना भएको टिप्पणी गर्दै सकेसम्म एकमतले निर्णय गर्ने दाबी गरे ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...