jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

पुजिवादलाई भत्काउन निर्वाचनमा होमिएका हौं :-नारायणकाजी श्रेष्ठ

Screenshot_20220305-14312-1654071936.png

काठमाडौं । नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी दलाल पूँजीवादलाई भत्काउन शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा आएको बताएका छन् । तर, शान्तपूर्ण बाटो अवरुद्ध गरियो भने समाजवादी क्रान्ति सम्पन्न गर्न माओवादीले जुनसुकै बाटो लिन सक्ने उनले चेतावनी दिए ।

माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि आज आयोजित अभिमुखीकरण कार्यक्रममा नेता श्रेष्ठले पार्टीको सैद्धान्तिक पाटोमा प्रकाश पारेका थिए । उनले पार्टीले अख्तियार गरेको शान्तिपूर्ण बाटोलाई लिएर भ्रम र अन्योल देखिएको बताए ।

उनले भने, ‘हामीले शान्तिपूर्ण बाटो भनेका छौं । अहिलेको शान्तिपूर्ण बाटोको मुख्य पक्ष शान्तिपूर्ण प्रतिस्पर्धा हो । तर, शान्तिपूर्ण प्रतिस्पर्धा भनेको शान्तिपूर्ण बाटोको सम्पूर्ण पक्ष होइन ।’

श्रेष्ठले थपे, ‘शान्तिपूर्ण बाटोबाटै अगाडि बढ्दै गर्दा के स्पष्टता राख्नुपर्छ भने शान्तिपूर्ण बाटोमा शान्तिपूर्ण जनआन्दोलन र शान्तिपूर्ण विद्रोह पनि हुन सक्छ । शान्तिपूर्ण बाटो अवरुद्ध गरियो भने जे गर्दा समाजवादी क्रान्ति सम्पन्न हुन्छ त्यो गर्नु अनिवार्य हुन्छ ।’

संसदीय अभ्यासमा आएपछि यो अलिअलि विकृति त भइहाल्छ नि भन्ने मान्यता नराख्न उनले जनप्रतिनिधिलाई आग्रह गरे । शान्तिपूर्ण प्रतिस्पर्धा र संसदबाद एउटै नभएको उनको भनाइ छ ।

‘हामी पूँजीवादलाई बलियो बनाउन यो प्रतिस्पर्धामा आएका होइनौं । हाम्रो शान्तिपूर्ण प्रतिस्पर्धा संसदबाद होइन । हामी पूँजीवजादको विरुद्ध छौं । जनप्रतिनिधिमूलक प्रणालीलाई संसदीय व्यवस्था भन्ने चिन्तन गलत छ,’ श्रेष्ठले भने ।

आफ्नो पार्टी हामी जनप्रतिनिधिमूलक संस्था र निर्वाचनको पक्षमा रहेको उनले स्पष्ट पारे । तर, त्यो भनेको पूँजीवादमा सहभागिता नभएको श्रेष्ठले बताए ।

‘यो निर्वाचनमा हाम्रो सहभागिता र भूमिका पूँजीवादलाई भत्काउन हो । यो बुझिएन भने निर्वाचन लड्नुको अर्थ र जित्नुको अर्थ हुन्न,’ उनले भने ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...