pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पालुङ प्रहरी प्रमुख अर्यालको स्वागत,थापाको विदाई

FB_IMG_1726068177177-1726068213.jpg

थाहा नगरपालिका स्थित ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्याम थापा मगरलाई विदाइ तथा नयाँ प्रमुखको रुपमा आएका इन्सपेक्टर सविन बाबू अर्याललाई स्वागत गरिएको छ।
२६ भाद्रमा थाहा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि थापालाई विदाइ तथा अर्याललाई स्वागत गरेको हो।
कार्यक्रममा नगर प्रमुख बिष्टले बिदाई हुँदै गरेका निरीक्षक मगरको  सहकार्य र समन्वय र उनले पुर्याएको योगदानको बिष्टले कदर गर्दै आगामी दिनको सफलताको शुभकामना दिए।
सो अवसरमा नयाँ आएका प्रहरी निरीक्षक अर्याललाई स्वागत गर्दै ईलाका प्रहरी कार्यालय संग सहकार्य र साथ सहयोगबाट नगर भित्र शान्ती सुरक्षा कायम राख्न मद्दत पुग्ने धारणा राखेका थिए।
कार्यक्रममा थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी,एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी,वडा न ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ,नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको अवसरमा पालिकाले मायाको चिनो प्रदान गरेको थियो।
थापाको इलाका प्रहरी कार्यालय पालुङमा आएको करिब १ वर्ष १७ दिनमा १७ भाद्रमा सरुवा भएको हो । उनी २०८० साउन ३० गते इलाका प्रहरी कार्यालय पालुङमा प्रहरी वृत्त बानेश्वर अपराध नियन्त्रण शाखाबाट सरुवा भई आएका थिए ।
थापा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय पिलर १ हत्या, राज्य विरुद्धको अपराध, मानव बेचविखन, लागू औषध कार्यालयमा सरुवा भएका हुन् ।
प्रहरी निरीक्षक सविन बाबु अर्याल नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय विपद व्यवस्थापन जर्गाह पश्चिम नवलपरासीबाट सरुवा भई आएका हुन् । उनको पनि १७ भाद्रमै सरुवा भएको हो ।

FB_IMG_1726068186106-1726068213.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...