Tuesday, 18 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
“ऋषेश्वर–दुप्चेश्वर सहकार्यले धार्मिक पर्यटनमा नयाँ सम्भावना, व्यवस्थापनका असल अभ्यासमा सिकाइ आदान–प्रदान”

FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास कोषबीच सिकाइ आर्दान प्रदान कार्यक्रम भएको छ । मकवानपुर थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको नेतृत्वमा दुप्चेश्वर पुगेका टोलीले क्षेत्र विकास कोषका पदाअधिकारीसँग छलफल गरेको हो । कार्यक्रमको सबै व्यवस्थापन पर्यटन उद्यमी अर्जुनसिंह ठकुरीले गरेका थिए

दुप्चेश्वरस्थित कोटबारी होटलमा भएको सिकाइ आदान प्रदान कार्यक्रम दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष तथा दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष शंकर बहादुर थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा थाहानगरबाट पुगेका टोलीहरुलाई दुप्चेश्वरको ऐतिहासिकता, कोष सञ्चालन तथा व्यवस्थापन, आरती तथा पुजा व्यवस्थापन लगायतको व्यवस्थापकीय र सुशासनका असल अभ्यासको विषयमा अध्यक्ष थापा तथा कोषाध्यक्ष राजकुमार श्रेष्ठ, पुजारी भगवानहरि धिताललगायतले जानकारी गराएका थिए ।
क्षेत्र विकास कोषले आरती व्यवस्थापन, दैनिक पूजा तथा स्नानलगायतको व्यवस्थापकीय कार्य सिकनीय रहेको थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले सुनाए । कार्यक्रममा थाहानगरको ऋषेश्वरका साथै अन्य धार्मिक क्षेत्रको विषयमा नगर प्रमुख विष्ट तथा उपप्रमुख भरत गोपालीले जानकारी गराएका थिए । कार्यक्रममा थाहानगर स्थित ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समितिका अध्यक्ष बिनोद कुमार लामाले ऋषेश्वर÷छ्युमिग झ्याङछुपको ऐतिहासिक पृष्ठभूमि, धार्मिक आस्था तथा साँस्कृतिक पक्षको विषयमा जानकारी गराएका थिए । अध्यक्ष लामाले एकअर्का तिर्थबीच सहकार्य गरेर अघि बढ्न सके धार्मिक क्षेत्रको विकासका लागि मद्दत पुग्ने बताए ।
कार्यक्रममा पर्यटन उद्यमी अर्जुनसिंह ठकुरीले दुई धार्मिक संस्थकीचको अन्तरक्रिया र सिकाइ आदानप्रदानले पर्यटन प्रवद्र्धनका सहयोग पुग्ने अपेक्षा राखे । मकवानपुरको थाहा नगरपालिका, नुवाकोटलगायत देशका विभिन्न स्थानमा पर्यटन उद्यम अन्तर्गत होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएका ठकुरीले दुप्चेश्वर क्षेत्र विकास कोष परिवारलाई मकवानपुरको थाहानगर लगायतको स्थानमा घुम्न आउन निम्तो दिए । ठकुरी लामो समयदेखि होटल व्यवसायमा आवद्ध हुँदै आउका छन् ।
सिकाइ आर्दान प्रदान कार्यक्रममा नगर प्रमुख विष्ट, उपप्रमुख गोपाली तथा क्षेत्र विकास समितिका पदाअधिकारीहरुलगायतको सहभागिता रहेको थियो

FB_IMG_1786237021733-1786237058.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...