jkmv-english-1784299234.jpg
Thursday, 30 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा प्रचण्डद्वारा जारी प्रेस वक्तव्य
एकता र ध्रुवीकरणको अभियानमा लाग्न आग्रह

prachand-1524386387.jpg

 

काठमाडौँ, वैशाख ९
         नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध आग्रह गर्नुभएको छ ।

        पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आज प्रेस वक्तव्य जारी गर्दै उहाँले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

     विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर इल्चिच लेनिनको १४८ औैंँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औंँ स्थापना दिवसका अवसरमा अध्यक्ष दाहालले प्रगतिशील र देशभक्त जनसमुदायमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले शहीदप्रति श्रद्धाञ्जलि, बेपत्ता योद्धाप्रति सम्मान र घाइतेको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

     वर्ग, संघर्ष र विचारधारात्मक संघर्षको लामो शृृङ्खला एवं विभाजन र एकताको अनगिन्ती अनुभव हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको जनाउँदै अध्यक्ष दाहालले एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

     स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न गरी देश अहिले स्थिरता, सुशासन र विकासको व्यावहारिक अभ्यासको चरणमा रहेको बताउँदै उहाँले समाजवादोन्मुख संविधान कार्यान्वयन पहिलो खुट्किलो भएको जनाउनुभएको छ ।

     जनयुद्धको जगमा भएको जनआन्दोलनले सयौंँ वर्षको राजतन्त्रलाई समाप्त गरी संविधानसभाद्वारा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको उल्लेख गर्दै उहाँले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीतासहितको समाजवादोन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि समाजवादी आन्दोलनको आधार तयार पार्ने काम अहिलेको मुख्य अभिभारा भएको स्पष्ट गर्नुभएको छ । रासस

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...