Sunday, 19 May, 2024
बागमती प्रदेश

नेपाल भाषा देशको सम्पदा,तामाङ भाषा बागमती प्रदेशको सभ्यता हो:-मुख्यमन्त्री

mk6-1700927408.jpg

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपाल भाषा देशको सम्पदा र तामाङ भाषा बागमती प्रदेशको सभ्यता रहेको भन्दै हाम्रो सम्पदाको रक्षक यहाँका नेवार र तामाङ समुदाय रहेको बताउनुभयको छ।बागमती प्रदेशकाे संसदले नेवारी (नेपाल भाषा) र तामाङ भाषालाई सरकारी कामकाजि भाषाकाे रूपमा प्रयोग गर्नका लागि विधेयक सर्वसम्मत पारित गरेकाे कार्यलाई स्वागतयोग्य काम भन्दै थाहा नगरको बज्रवाराहीमा आयोजित  धन्यवाद कार्यक्रममा मुख्यमन्त्री जम्मकट्टेलले सो कुरा बताउनुभयको हो।
साथै वहाँले अहिले केही व्यक्ती र संस्थाहरु राजतन्त्र र हिन्दु राष्ट्र चाहियो भन्दै उफ्रीरहेकोले व्यवस्था जोगाउन हामिले उनिहरु संग बहस गर्नु पर्ने बेला आएको बताए।
मुख्यमन्त्रीले जनताका गुनासो हरुलाइ सिमित श्रोत र साधनले गर्दा एकैचोटि सम्बोधन गर्न नसकिने र तिनै तहका सरकार ती कुरा पूरा गर्न लागिपरिरहेको हुँदा जनताका तेस्तै मागको भावना संग खेल्दै गणतन्त्र विरोधीहरु सलबलाइरहेको बताउनुभयो।

हली नेवाःगुठी मकवानपुर जिल्ला समिति र नेपाल तामाङ घेदुङ संघ थाहा नगर समितिकाे संयुक्त आयाेजनामा मङ्सिर ९ शनिबार थाहाको  बज्रवाराही स्थित बाराही चौरमा कार्यक्रमको आयोजना गरिएको हो।
बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यता तथा प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली,वडा अध्यक्ष हरु हेरमान गोपाली,नारायण लामा,राजनभक्त श्रेष्ठ ,नेपाल तामाङ घेदुङ संघ थाहाका अध्यक्ष दिपेन्द्र कुमार थिङ,लगायतका उपस्थिति रहेको थियो।
तेस्तै बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बिधयकले जनता खुशी भएकोले आफुलाइ गौरव लागेको बताउदै आफ्नो भाषा संस्कृति संरक्षणमा जोड दिन आग्रह गर्नुभयो।

कार्यक्रममा  वक्ताहरुले प्रदेश संसदबाट सर्वसम्मतले पारित गरेकाे विधेयकमा नेवाः भाषालाई प्रदेशकाे कामकाजि भाषाकाे रुपमा लागू गराउन निरन्तर खबरदारीकाे आवश्यकता रहेकाे बताए । स्थानीय सरकारलाई पनि स्थानीय भाषा ऐन बनाउनका लागि भूमिका खेल्नु पर्ने बताए । त्यसैगरी भाषा विधेयक पारित गरेकाे दिन असोज २२ गतेलाई नेपालभाषा उत्सव दिवस मनाउनु पर्ने धारणा व्यक्त गरेका थिए ।

प्रदेश सरकारले सो दुइ भाषालाइ सरकारी कामकाज बनााउनका लागि ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रस्तुत गरेको थियो । अब बागमती प्रदेशको सरकारी कामकाजको लागि नेपालीसहित नेपाल भाषा र तामाङ भाषाले पनि मान्यता पाएका हुन् ।


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...