jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

नेपाल भाषा देशको सम्पदा,तामाङ भाषा बागमती प्रदेशको सभ्यता हो:-मुख्यमन्त्री

mk6-1700927408.jpg

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपाल भाषा देशको सम्पदा र तामाङ भाषा बागमती प्रदेशको सभ्यता रहेको भन्दै हाम्रो सम्पदाको रक्षक यहाँका नेवार र तामाङ समुदाय रहेको बताउनुभयको छ।बागमती प्रदेशकाे संसदले नेवारी (नेपाल भाषा) र तामाङ भाषालाई सरकारी कामकाजि भाषाकाे रूपमा प्रयोग गर्नका लागि विधेयक सर्वसम्मत पारित गरेकाे कार्यलाई स्वागतयोग्य काम भन्दै थाहा नगरको बज्रवाराहीमा आयोजित  धन्यवाद कार्यक्रममा मुख्यमन्त्री जम्मकट्टेलले सो कुरा बताउनुभयको हो।
साथै वहाँले अहिले केही व्यक्ती र संस्थाहरु राजतन्त्र र हिन्दु राष्ट्र चाहियो भन्दै उफ्रीरहेकोले व्यवस्था जोगाउन हामिले उनिहरु संग बहस गर्नु पर्ने बेला आएको बताए।
मुख्यमन्त्रीले जनताका गुनासो हरुलाइ सिमित श्रोत र साधनले गर्दा एकैचोटि सम्बोधन गर्न नसकिने र तिनै तहका सरकार ती कुरा पूरा गर्न लागिपरिरहेको हुँदा जनताका तेस्तै मागको भावना संग खेल्दै गणतन्त्र विरोधीहरु सलबलाइरहेको बताउनुभयो।

हली नेवाःगुठी मकवानपुर जिल्ला समिति र नेपाल तामाङ घेदुङ संघ थाहा नगर समितिकाे संयुक्त आयाेजनामा मङ्सिर ९ शनिबार थाहाको  बज्रवाराही स्थित बाराही चौरमा कार्यक्रमको आयोजना गरिएको हो।
बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यता तथा प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली,वडा अध्यक्ष हरु हेरमान गोपाली,नारायण लामा,राजनभक्त श्रेष्ठ ,नेपाल तामाङ घेदुङ संघ थाहाका अध्यक्ष दिपेन्द्र कुमार थिङ,लगायतका उपस्थिति रहेको थियो।
तेस्तै बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बिधयकले जनता खुशी भएकोले आफुलाइ गौरव लागेको बताउदै आफ्नो भाषा संस्कृति संरक्षणमा जोड दिन आग्रह गर्नुभयो।

कार्यक्रममा  वक्ताहरुले प्रदेश संसदबाट सर्वसम्मतले पारित गरेकाे विधेयकमा नेवाः भाषालाई प्रदेशकाे कामकाजि भाषाकाे रुपमा लागू गराउन निरन्तर खबरदारीकाे आवश्यकता रहेकाे बताए । स्थानीय सरकारलाई पनि स्थानीय भाषा ऐन बनाउनका लागि भूमिका खेल्नु पर्ने बताए । त्यसैगरी भाषा विधेयक पारित गरेकाे दिन असोज २२ गतेलाई नेपालभाषा उत्सव दिवस मनाउनु पर्ने धारणा व्यक्त गरेका थिए ।

प्रदेश सरकारले सो दुइ भाषालाइ सरकारी कामकाज बनााउनका लागि ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रस्तुत गरेको थियो । अब बागमती प्रदेशको सरकारी कामकाजको लागि नेपालीसहित नेपाल भाषा र तामाङ भाषाले पनि मान्यता पाएका हुन् ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...