pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

नेकपा सचिवालयले कार्यदल अनुमोदन गर्‍यो

नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्र देखिएको समस्यलाई समाधानका लागि सुझाव दिन कार्यदल गठन गर्नुलाई सकारात्मक समेत भनेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

'कार्यदलले आज राष्ट्रसामु देखा परेका कार्यभारलाई पूरा गर्न पार्टी र सरकार सक्षम हुनेगरी गर्नुपर्ने कामहरूका बारेमा सुझाव दिन सफल हुनेछ भन्ने आशाकासाथ कार्यदललाई शुभकामना पनि दिएको छ,'प्रवक्ता श्रेष्ठले भने,'छिटोभन्दा छिटो समस्याको समाधान हुने, संकटको समाधान निस्किने, पार्टी एकताबद्ध हुने पार्टी र सरकारका कामहरू प्रभावकारी ढंगले अगाडि बढ्ने र महाधिवशेनमा जानेतर्फ केन्द्रित हुनुपर्छ।'

कार्यदलले कति समय दिइएको छ भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले छिटोभन्दा छिटो यसले प्रतिवेदन बुझाउने समेत बताए।

गत शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले ६ सदस्यीय कार्यदल बनाएको थियो।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समिति सदस्यहरू भीम रावल,पम्फा भुषाल,जनार्दन शर्मा,सुरेन्द्र पाण्डे र शंकर पोखरेल रहेका छन्।

अध्यक्षहरूले कार्यदलबाट प्राप्त सुझावलाई समेत परिमार्जन गरेर सचिवालय या स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने समेत उनले बताए।

केहीदिनभित्र निकास र निश्कर्ष निस्कनेमा विश्वस्त रहेको उनको भनाइ छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...