pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

नेकपा मकवानपुरकााे कार्यविभाजन थपघट - थाहामा ६ जना सह ईन्चार्ज

20210308_063902-1615165567.jpg

नेकपा प्रचण्ड–माधव समूह मकवानपुरको जिल्ला कार्यसमितिको बैठकले कार्यविभाजनमा थपघट गरेको छ ।
बैठकले निर्वाचन क्षेत्र, ट्रेड युनियन र गाउँपालिकाहरुमा कार्यविभाजन गरिएको छ । बैठकले नेकपा मकवानपुरको प्रचारप्रसार विभागको इञ्चार्जमा कमान सिं पाख्रिन (पृथक), उद्योग व्यापार संघमा इञ्चार्जमा इन्द्र नेपाल, ट्रेड युनियन इञ्चार्जमा अर्जुन ढुंगेल, प्रतिनिधिसभा १, को प्रदेश (क) संयोजकमा ज्ञान सागर भोलन, सचिवमा शर्मिला विक, प्रदेश (ख) संयोजकमा मदन दहाललाई जिम्मेवारी दिएको छ ।
नेकपा बागमती गाउँपालिका इञ्चार्जमा हस्तबहादुर थिङ, सहइञ्चार्जमा मंगल रखाल र बिमल थिंङ, नेकपा बकैया गाउँपालिका कमिटी सहइञ्चार्जमा ज्ञानकुमार थोकर, प्रेम डिम्डुङ र अमर स्याङ्तान, मकवानपरगढी गाउँपालिका कमिटी सहइञ्चार्जमा चन्द्र योञ्जन, खेम सापकोटा, वीर बहादुर रुम्बा, नेकपा प्रतिनिधिसभा (२) संयोजकमा विष्णु दाहल, प्रतिनिधिसभा २ को प्रदेश (ख) संयोजकमा गौतम बुद्ध थोकरलाई जिम्मेवारी दिएको पार्टीको प्रचारप्रसार विभाग इञ्चार्ज पार्खिनले जानकारी दिनु भयाे  ।
यसैगरी राक्सिराङ गाउँपालिका सहइञ्चार्जमा कृष्ण चेपाङ, अमर बाल्पा र खुशी लाल चेपाङ, नेकपा मनहरी गाउँपालिका सहइञ्चार्जमा राजकुमार पाख्रिन, वीरबहादुर घलान, गौतम लामा , भुमिनन्द अर्याल, संजिब पाठक र अमर रुम्बा, नेकपा कैलाश गाउँपालिका सहइञ्चार्जमा टंक मोक्तान, जयबहादुर थिङ, ठाकुर सिंह गुरुङ, नेकपा थाहा नगरपालिका कमिटी सह इञ्चार्जमा तारा सिंतान, कल्याण बिक्रम घलान, जयराम रायमाझी, बिनोद लामालाई सह ईन्चार्ज थपिएको छ । थाहामा लबशेर बिष्ट र लक्ष्मण बिष्ट यश अघिनै सह ईन्चार्जकाे जिम्मेवारीमा हुनुहुन्थ्यो ।
नेकपा केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यता तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज कुमारी मोक्तान, नेकपा प्रदेश कमिटी सदस्यहरु विष्णु विष्ट, ओम घलान, सर्केश घलान, सुर्यचन्द्र न्यौपाने, गोमा तिमल्सिना, लगाएतकाे उपस्थिति थियाे भने कार्यक्रम  नेकपा सचिव प्रेमबहादुर पुलामीले संचालन गर्नु भएको थियोे  ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...