Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

नगर अधिवेशनको तयारी तिव्र पार्दै एमाले थाहा नगर

24b38837600908c7f9a5b1e73-1707057988.jpg

नेकपा एमालेको आशन्न नगर अधिवेशनका लागि तयारी तीव्र बनाएको छ ।

आगामी फागुन २८ गते हुने अधिवेशनलाई भव्य रुपले सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरेको छ । जसको अनुमोदन गरेर अघि बढ्न आगामी फागुन ३ गते नगर अधिवेशन आयोजक कमिटीको पूर्ण बैठक बस्ने निर्णय समेत गरेको छ ।

होटल गङ्गामा अधिवेशन आयोजक कमिटीका संयोजक अच्युतम प्रसाद ढकालको अध्यक्षतामा आइतबार बसेको बसेको सचिवालय बैठकले अधिवेशन भव्य रुपले सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरेको हो ।

बैठकले संयोजक ढकालकै संयोजकत्वमा प्रतिवेदन लेखन समिति, हेम कुमार थिङको संयोजकत्वमा आर्थिक समिति, सुमन रायमाझीको संयोजकत्वमा मञ्च तथा स्वयंसेवक व्यवस्थापन समिति, रामकृष्ण बस्नेतको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ । यसैगरी थाहा नगर भुगोल रहेका जिल्ला कमिटी सदस्यहरु रहने गरि सुरेन्द्रमान प्रधानको संयोजकत्वमा अतिथि सत्कार तथा व्यवस्थापन समिति गठन गरेको छ ।

बैठकले अधिवेशनका लागि प्रतिनिधि छनौट विधि समेत तय गरेको छ । सो प्रस्तावित विधि आगामी फागुन ३ गते हुने पूर्ण बैठकले अनुमोदन गरेपछि पारित हुनेछ । 

बैठकका क्रममा प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा मकवानपुर इञ्चार्ज देवी ज्ञवालीले कार्यकर्ताहरु चुनावी टिकटको दौड छोडेर संगठन निर्माणमा जुटे थाहा नगरमा जित हात पार्न एमालेलाई कुनै शक्तिले नरोक्ने बताउनु भयो ।

बैठकमा बागमती प्रदेश कमिटीका सदस्य तथा थाहा नगर इञ्चार्ज इन्द्रमान स्याङ्तान, जिल्ला कमिटी सदस्य तथा थाहा नगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधान, जिल्ला कमिटी सदस्यहरु कल्पना बलामी, शिवराम थापा, युवराज गोले, सुनिता दोङ, बुद्धिराम डिमडुङ, प्रदेश कमिटीका पूर्व सदस्य श्यामभक्त श्रेष्ठ, जिल्ला कमिटीका पूर्व सदस्यहरु बिमल कुमार ढकाल, बलराम थापालगायत वडा कमिटीका अध्यक्षहरुको उपस्थिति थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...