Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

राेजगार

थाहा ३ का महिलाहरुले सिके डल र कुशन बनाउन।

CamScanner-०४-०१-1680347606.jpg

कुकुर अहिले नै भुक्लाजस्ताे, खरायाे दुलाे पसिहाल्लाजस्ताे अनि गणेश त गणेश भइहाले, मन्दिरमा भक्तालु कुरेर बसेजस्ताे ।

थाहा नगरपालिका-३ का महिलाहरुले यत्तिको आकर्षक डल बनाएकाेप्रति साेही वडाका वडाध्यक्ष्य हिरेन्द्रकुमार रायमाझीले  महिलाहरुकाे खुलेर प्रशंसा गरे । उनले अघि भने- 'सिक्दै बनाएकाे डल र कुशन त यति राम्राे, व्यवसायिक ढंगले बनाउँदा त अझ कति राम्रो हाेला' ।

रायमाझी १७ फागुनमा आयाेजित थाहा-३ का २२ जना महिलाहरु सहभागी डल-कुशन तालिमकाे समापन समाराेहमा उपस्थित थिए । महिलाहरुले व्यवसायिकरुपमा डल-कुशन निर्माण गरे बजारकाे लागि वडा कार्यालयले सहयाेग गर्ने वचन दिए । वडा अध्यक्षकाे कुरामा प्रशिक्षार्थी महिलाहरुले थपडी बजाए ।

बुटवलबाट आएकी सरिता थापाले थाहा-३ का महिलाहरुलाई १५ दिनसम्म डल-कुशन बनाउने तालिम दिएकी थिइन् । थाहा नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत तालिम दिएकाे हाे । तालिममा महिलाहरुले गणेश, खरायाे, कुकुर र पेडीकाे डल बनाउन सिकेका छन् भने दुईथरी फूल र प्रेम(मुटु)काे कुशन बनाउन सिकेका छन् ।

तालिम समापनमा महिलाहरुले बनाएकाे डल-कुशनकाे नमुना पनि राखिएकाे थियाे ।

महिलाहरुले बनाएकाे डल-कुशन हेरेर थाहा-३ का वडा सदस्य पवित्रा ठकुरी, सीताराम ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष ईश्वरबहादुर कार्की, उद्यम विकास सहजकर्ताद्वय सुनिता बुढा क्षेत्री र दिक्षा पाण्डे लगायतले तालिममा सहभागी महिलाहरु व्यक्तिगत तथा सामुहिकरुपमा व्यवसायी बन्नेमा विश्वास व्यक्त गरे ।

चालु वर्ष थाहा नगरपालिकाकाे ३ र ४ नं. वडामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)  सञ्चालन भइरहेकाे छ । अहिलेसम्म ३ नम्बर वडामा अचार बनाउने तालिम र डल-कुशन बनाउने तालिम सकिएकाे छ भने सिलाइ-कटाइ र अल्लाेकाे कपडा बनाउने तालिम चलिरहेकाे छ । त्यस्तै थाहा-४ मा बाँस तथा निगालाेकाे हस्तकला सामग्री बनाउने तालिम सम्पन्न भइसकेकाे लघु उद्यम विकासका कार्यक्रम अधिकृत कुमार नेगीले जानकारी दिए । महिलाहरुले बनाएकाे बाँसकाे मुडा, र्याक, फाेटाे फ्रेम, कलमदानी, फूलदानी, अचार, डल र कुशन विक्रीका लागस थाहा-४ स्थित काेशेली घरमा राखिएकाे  छ ।

सीप सिकाइकाे क्रममा उत्पादन भएका सामग्रीको विक्रीमूल्यकाे ८० प्रतिशत उत्पादक महिलाले पाउनेछन् भने २० प्रतिशत नगरपालिकाकाे काेषमा जम्मा हुनेछ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg