Sunday, 19 May, 2024
राेजगार

थाहा ३ का महिलाहरुले गाँजा र अल्लो बाट कपडा बनाउन सिक्दै,

FB_IMG_1713365575349-1713365634.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा सुरु भएको छ । बागमती प्रदेश सरकार,सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आर्थिक सहयोगमा घाइते अपाङ्ग योद्धा संघ मकवानपुरको आयोजना तथा थाहा नगरपालिका वडा न ३ को सहकार्यमा निशुल्क १ सय ६० घण्टे सीपमूलक कार्यक्रम अन्तर्गत हेम्प तथा अल्लोबाट कपडा तथा अन्य सामाग्री निर्माण तालिम सुरु भएको हो। २०दिन सम्म संचालन हुने अल्लोको कपडा,तथा गाँजाको कपडा तथा अन्य सामान बनाउने तालिम सुरु भएको हो । घाइते अपाङ्ग योद्दा संघ मकवानपुरको  आयोजनमा सञ्चालन भएको तालिमको उद्घाटन जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित घलानले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै प्रमुख घलानले नगरमै अल्लोको कपडा बनाएर जिल्लाबाहिर बिक्री गर्नुपर्ने बताए । उनले तालिममा सहभागीलाई तालिमपछि उद्यमी बन्नसमेत अनुरोध गरे ।उनले गाजाबाट औषधि मात्र नभई कागज, तेल, कपडा, डाइपर, झोला, जुत्ता र फेब्रिसहरु र घर बनाउन समेत गाजाको प्रयोग हुदै आएको र नेपाल जस्तो अल्पविकसित राष्ट्रमा गाँजालाई प्रतिबन्ध होइन गाँजाको उपयोग गरेर बेरोजगार मेट्ने काममा लाग्नुपर्ने समय आएको बताउनुभयो।
घाइते,अपाङ्ग योद्धा संघ मकवानपुरका अध्यक्ष कृष्ण घिमिरेको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन समारोहमा थाहा ३ का वडा अध्यक्ष हिरेन्द्र रायमाझी,नेकपा माओवादी केन्द्र जिल्ला संयोजक भिम पाख्रीन,नगर अध्यक्ष विनोद कुमार लामा,प्रशिक्षक खड्क सिंह बोगटी,मदन ढकालले शुभकामना व्यक्त गरेका थिए।

FB_IMG_1713365578890-1713365634.jpg

world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...