pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

थाहा र आसपासका पालिकाहरुको साझा उमेदवार बन्न चाहन्छु :- बिष्णु प्रसाद ढकाल,

312116786_429991145955078-1666439738.jpg

नेकपा एमाले मकवानपुर प्रदेश २ क को उमेदवार बिष्णु प्रसाद ढकालले अरु दलको पाहुना उमेदवार भएको कारण थाहा नगरको र प्रदेश २ क को लागि आफू साझा उमेदवार भएको बताउनुभयो । आज थाहा नगरपालिकाको विभिन्न वडामा भएको कार्यकर्ता भेटघाट तथा घर दैलो कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा ढकालले उक्त कुरा बताएका हुन । ढकालले प्रदेश सरकार मार्फत युवा रोजगार तथा सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई महत्व दिएर काम गर्ने बताउनु भएको छ । साथै वहाँले राष्ट्रियता बचाउनको निम्ति पनि एमालेको जितको आवश्यकता रहेको औल्याउनु भयो। एमाले थाहा ३,८,९,र १० न वडा कमिटीको आयोजनामा शनिबार भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उमेदवार ढकालले बेरोजगारी नै मूख्य समस्या रहेकोले प्रदेश सरकारले युवा लक्षित कार्यक्रमहरु तयार गरि गाउँगाउँमा पुर्‍याउने वचन दिए । आफू यहि क्षेत्रको भएकोले साना साना आवश्यकताहरुको पहिचान गरि कार्यान्वयनमा जोड दिने बताउनु भयो । ढकालले प्रतिनिधि सभा सदस्यमा एमालेका युवा उमेदवार महेश बर्तौला र आफू मिलेर क्षेत्रको विकास गर्ने बताउनु भयो ।वडा कमिटीका अध्यक्ष हरुको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य श्यामभक्त श्रेष्ठ,वरिना बल, जिल्ला सदस्य तथा थाहानगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधान, प्रदेश पर्यटन विभाग सदस्य बिमलकुमार ढकाल, पार्टी जिल्ला सदस्य शिवराम थापा, नगर अध्यक्ष अचुतम प्रसाद ढकाललगायतको सहभागिता थियो । 

查看照片

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...