jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

थाहा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा पुरुषोत्तम ढकाल सर्वसम्मत ।

FB_IMG_1694179031293-1694179083.jpg

तस्विर ढकालको फेसबुक बाट

मकवानपुरको थाहा नगर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि अधिकांश पदमा सर्वसम्मत हुने भएको छ ।

शुक्रबार भएको उमेदवारी दर्तामा आवश्यक संख्यामा मात्र उमेदवारी दर्ता भएपछि वाणिज्य सदस्य र उद्योग सदस्य बाहेकका पदमा सर्वसम्मत हुने भएको हो । 

संस्थाको विधान बमोजिम प्रत्यक्ष निर्वाचन विधिबाट छानिने अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सह—कोषाध्यक्ष, वाणिज्य महिला सदस्य र वस्तुगत सदस्य पदमा सर्वसम्मत भएका हुन् ।

निर्वाचन अधिकृत विवेक मानन्धरका अनुसार शुक्रबार भएको उमेदवारी दर्तामा अध्यक्ष पदमा पुरुषोत्तम ढकाल, वरिष्ठ उपाध्यक्षमा शम्भु सिं कार्की, उपाध्यक्ष (वाण्मिज्य)मा सुरेन्द्रमान प्रधान, उपाध्यक्ष (उद्योग)मा सानुकाजी गोपाली, उपाध्यक्ष (वस्तुगत) राजेन्द्र बिडारी, महासचिवमा जर्मलाल श्रेष्ठ, कोषाध्यक्षमा प्रदिप प्रधान, सचिवमा श्रीराम कार्की, सह—कोषाध्यक्षमा निरोज प्रधान, महिला वाणिज्य सदस्यमा यशोदा अधिकारी र वस्तुगत सदस्यमा सुविन्द्रमान प्रधानको मात्र उमेदवारी परेपछि सर्वसम्मत हुने निश्चित भएको हो ।

यसैगरी, ७ वाणिज्य सदस्यका लागि ८ जनाको उमेदवारी दर्ता भएको छ । सो पदमा धर्मलाल प्रधान, ईश्वर कार्की, बलराम थापा, विक्रम के.सी., विश्वनाथ रायमाझी, यादव जंग रायमाझी, अंजल प्रधान र जयराम खत्री के.सी.को उमेदवारी परेको छ ।

यसैगरी, ४ उद्योगतर्फका सदस्यका लागि ५ जनाको उमेदवारी परेको छ । सो पदमा राजन प्रसाद ढकाल, आरती श्रेष्ठ, सुमन विष्ट, हरेराम कार्की र सहदेव ढकालको उमेदवारी परेको छ । संघका अध्यक्ष कविराज खत्रीका अनुसार सो पदहरुमा पनि सर्वसम्मत गराउने प्रयास जारी रहेको र भोलि शनिबारसम्म सर्वसम्मत हुने अपेक्षा रहेको खत्रीले बताउनु भयो ।
अधिवेशन शनिबार दिउँसो जेसीज हलमा हुनेछ ।             

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...