jkmv-english-1784299234.jpg
Thursday, 30 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

थाहा नगरपालिकामा राख्यो अन्तरपार्टी संजालले गुनासो पेटिका 

थाहा नगरमा क्रियाशिल अन्तरपार्टी संजालले जनगुनासोलाई सरोकारवाला सम्म पु¥याउन नगरपालिका कार्यालयमा गुनासो पेटिका राखेको छ । 
थाहा नगर क्षेत्रका जनताको जनगुनासोलाई सरोकारवाला सम्म पु¥याउन अन्तर पार्टी संजालले सुझाब पेटिका राखेको हो ।  
अन्तरपार्टी संजालले थाहा नगर पालिकाबाट संचालन गरिने विकासका कार्यक्रम तथा आर्थिक गतिबिधि पारदर्शी गर्न र नगरपालिकाले प्रदान गर्ने  सेवाका बारेमा जानकारी गराउन पटक पटक ध्यानाकर्षण गराएको थियो । 
नगरपालिका कार्यालयमा राखिएको गुनासो  पेटिकाको माध्यमबाट अब जनताको गुनासोलाई सरोकारवाला निकाय सम्म पु¥याउन सहयोगी बन्ने विश्वासका साथ राखिएको जनता समाजबादी पार्टी मकवानपुर –२ का ईन्चार्ज ईन्द्र ब. श्रेष्टले बताउनु भयो । 
थाहा नगरपालिका र नगरपालिका अन्तर्गतका निकायबाट पाउनु पर्ने कुनै सेवा सुबिधा प्रति गुनासो भए गुनासो पेटिका मार्फत गुनासो गर्न सकिने भएकाले गुनासो पेटिका राखिएको नेपाली कांग्रेस थाहा नगर सभापती योगेन्द्र मान श्रेष्ठले बताउनु भयो । 
थाहा नगरपालिका कार्यालयमा सुझाब पेटिका राख््रन नेपाली कांग्रेसका नेता प्रमोद जोशी, जनमोर्चा नेपालका थाहा नगर अध्यक्ष  दिनेश विष्ट, साझा पार्टी थाहा नगरका अध्यक्ष माधब कार्की लगाएत अन्तरपार्टी संजालमा आबद्ध दलका नेता कार्यकर्ताको उपस्थिती थियो । 
संजालले राखेको गुनासो पेटिका नियमित खोलिने र आएका गुनासाहरु सरोकारवाला निकाय सम्म पु¥याई समाधानको प्रयास गर्ने नेपाली कांग्रेसका नेता प्रमोद जोसीले बताउनु भयो । 

https://www.thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...