jkmv-english-1784299234.jpg
Thursday, 30 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

थाहा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपा एकताले औपचारिकता पायो
नगर कमिटीका  ७९ सदस्यहरुद्वारा सपथ ग्रहण

thaha-nekapa-sapat-1569215352.jpg

 
 मकवानपुर, थाहा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपा एकताले औपचारिकता पाएको छ । आइतबार नेकपा थाहा नगरकमिटी सदस्यहरुले सपथ लिएसँगै नगरमा पार्टी एकताले औपचारिकता पाएको हो । 
नेकपा थाहा नगर कमिटी अध्यक्ष अरुण रायमाझीको सभाध्यक्षता तथा नेकपा केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यमा सपथ ग्रहण कार्यक्रम भएको हो । कार्यक्रममा थाहा नगर कमिटीका ८१ जनामध्ये अध्यक्ष र सचिब बाहेक ७९ जना सदस्यहरुलाई प्रमुख अतिथि न्यौपानेले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो । 
अध्यक्ष र सचिबले भने यसअघि जिल्ला पार्टी कार्यालयमा सपथ ग्रहण गरिसक्नु भएको छ । थाहा नगरपालिकाको शिखरकोटमा आयोजित नगर कमिटी सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले कार्यकर्ताहरुलाई नियमितरुपमा जनतासँग जोडिन र बलियो कम्युनिष्ट पार्टी निर्माणमा लाग्न आग्रह गर्नुभयो । 
कार्यक्रममा नकेपा केन्द्रीय सदस्यहरु विरोध खतिवडा, कुमारी मोक्तान, रामेश्वर राना, जिल्ला अध्यक्ष मुनु सिग्देल, प्रदेश कमिटी सदस्य विष्णु विष्ट आदर्श, जिल्ला सचिबालय सदस्य लवशेर विष्ट जिल्ला कार्यालय सदस्य बलराम बल लगायतले बोल्नु भएको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...