jkmv-english-1784299234.jpg
Thursday, 30 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

थाहामा संविधान दिवस २०७५को अवसरमा द्विप प्रज्जवलन गरिने
देशैभर विविध कार्यक्रम सहित मनाइदै

sambidhan-dibas-1537340636.jpg

—    शम्भु अधिकारी, थाहा नगरपालिका
०३ असोज, २०७५

आज संविधान दिवसको अवसरमा थाहा नगरपालिका थाना बजार स्थित बुद्घचोकमा द्विप प्रज्जवलन गरि मनाइने भएको छ ।
     थाहा नगरपालिकाको सहयोगमा लायन्स क्लव पिस थाहा र लियो क्लव अफ पिस थाहाको आयोजनामा द्विप प्रज्जवलन गरिन लागेको हो । कार्यक्रममा वडा कार्यालय, सरकारी कार्यालयहरु, बजार ब्यवस्थापन समिति, विभिन्न संघ÷संस्था, नेपाल प्रहरी लगायतको सहभागिता रहने वताइएको छ ।
प्रदेश ३ को राजधानीमा संविधान दिवस मनाइयो
     ३ नम्बर प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडामा भव्यरुपमा संविधान दिवस मनाएको छ । विहान भुटनदेवी विद्यालयबाट प्रभातफेरी सहित मकवानपुर बहुमुखी क्याम्पसमा पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरीमा विभिन्न वडा कार्यालय, सरकारी कार्यालयहरु, टोलविकास संस्थाहरु, विभिन्न विद्यालयहरु, खेलकुद संघहरु, विभिन्न समुदायका झाँकीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट लगायत विभिन्न संघसंस्थाको सहभागि रहेको थियो ।
     प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रदेश ३ का सभामुख, उप सभामुख, मन्त्रीहरु, प्रदेश सांसदहरु, हेटौंडा उपमहानगरका मेयर, प्रदेश प्रमुख सचिव, कानुन सचिव, सुरक्षा निकायका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा जनआन्दोलनका शहिद बासुदेव घिमिरे र जनयुद्घका सहिद पत्रकार रुद्र पाख्रिनको परिवारलाई मुख्यमन्त्रीले ओसल्ला ओढाएर अभिनन्दन गर्नु भएको थियो ।
संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपतिको अपिलसंविधानको भावनालाई गहिरोसँग आत्मसात् गर्न राज्यका सबै अङ्ग र आम नागरिकलाई  राष्ट्रपतिको अपिल

      राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताउनु भएको छ ।
     सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्न उनले जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिकलाई अपिलसमेत गर्नु भएको छ । ‘सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता हो भन्ने मलाई लागेको छ’, संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्ग्चित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएकोसमेत बताउनु भयो । संविधान जारी भएको आजको दिनले सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित अठोट जागृत गर्न सफलता प्राप्त हुने अपेक्षासमेत राष्ट्रपति भण्डारीले आफ्नो सन्देशमा व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव र सहकार्य कायम हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...