jkmv-english-1784299234.jpg
Thursday, 30 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

थाहाका नेत्र विक्रम चन्द विप्लव समूहका दुई जिल्ला सदस्यसहित दुई दर्जन कार्यकर्ताहरु नेकपामा प्रवेश


मकवानपुर, नेत्र विक्रम चन्द विप्लव समूहका दुई जिल्ला सदस्यसहित दुई दर्जन कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् ।
विप्लब समूहको मकवानपुर जिल्ला सदस्यहरु रामकृष्ण गोपाली मंगलाल गोपालीसहित २ दर्जन कार्यकर्ताहरु शुक्रबार थाहा नगरपालिकाको टौखेलमा आयोजित एक कार्यक्रमका बीच नेकपामा प्रवेश गरेका हुन् । 
थाहा नगरपालिका वडा नं. १० टौखेल निवासी रामकृष्ण गोपाली विप्लब समूहको जिल्ला सदस्य र थाहा नगर इन्चार्जसमेत रहेका थिए । ्
पार्टी प्रवेश गर्नेहरुमा जिल्ला सदस्य गोपालीद्वयसँगै अंकलाल गोपाली, रामेश्वर श्रेष्ठ, ननिव गोपाली।, जंगलाल गोपाली, केशब गोपाली, पूर्ण गोपाली, उदय गोपाली, पदमराज गोपाली, नवराज गोपाली, युवराज गोपाली लगायत रहेका छन् । 
उनीहरुलाई नेकपाका प्रदेश ३ कमिटी सदस्य विष्णु विष्ट आदर्श र थाहा नगर अध्यक्ष अरुण रायमाझीले टिका र खादा लगाएर नेकपामा प्रवेश गराएका थिए । 
प्रदेश सदस्य विष्टको प्रमुख आतिथ्यता र नगर अध्यक्ष अरुण रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला सदस्य राजु नापित, पूर्व जिल्ला सदस्य शशिधर सुवेदी, उत्तम लामिछाने, १० नं. वडा अध्यक्ष हिराबहादुर गमाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा नेकपा जिल्ला सदस्य विनायक गोले, ईश्वर रुम्बा लगायतको उपस्थिति रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...