jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

थाक्रे गाउँपालिकाको सरकारी गाडी मिसन ग्रासरुटमा!

CamScanner-०३-२७-1679909181.jpg

धादिङको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य हाल अमेरिका छन्। उनी चढ्ने बा.२झ ३६४१ नम्बरको पालिकाको गाडी उत्तरी धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा उनका छोरा रमेश आचार्यले नेकपा एमालेको मिसन ग्रासरुट : पार्टी सुदृढीकरण तथा विस्तार अभियानभरि प्रयोग गरे। गत शनिबार पनि पालिकाकै गाडी लिएर दिनभर उनी दौडधुपमा देखिए र आइतबार पनि उत्तरी धादिङमै व्यस्त रहे। 
यसबारे उनीसँग जिज्ञासा राख्दा उनले सरकारी गाडी दुरुपयोग नगरेकाे दाबी गर्दै भने, ‘मैले पालिकाको सरकारी गाडी चढेको छैन। मैले कहाँ पालिकाको गाडी चढ्नु।’ 
आफूले सरकारी गाडीको दुरुपयोग नगरेको दाबी गरिरहँदा सामाजिक सञ्जालमा उनले प्रयोग गरिरहेको पालिकाको गाडीको तस्बिर भाइरल भइसकेको थियो। ती तस्बिर के हुन् त ? भन्ने प्रश्नमा उनले भने, ‘नेकपा एमालेका केन्द्रीय सदस्य कैलाश ढुंगेललाई लिएर गएको हो। कार्यक्रममा सहभागी भए पनि मैले पालिकाको गाडी दुरुपयोग गरेको छैन।’ 
पालिकाको गाडी लिएर चैत १० गते नेत्रावती गएका चालक सीताराम सुवेदी १२ गते फर्किएको बताउँछन्। यसअघि पनि अध्यक्षका छोरा रमेश आचार्यले पटक–पटक पालिकाको गाडी लिएर पार्टीकाे काममा हिँड्ने गरेको स्थानीयले बताए।

पालिकाको गाडी कसले, कहिले र कहाँ लगेको आफूलाई कुनै जानकारी नभएको कार्यवाहक अध्यक्ष एवं थाक्रे गाउँपालिकाका उपाध्यक्ष यन्त्रबहादुर थापाले बताए। 
उनले भने, ‘पालिकामा आउँदा अफिसमा गाडी देखिनँ । गाडी नदेखेपछि चालकलाई फोन गरेँ, उत्तरतिर छु भन्यो । अध्यक्षज्यूले केही भन्नुभएन । दुई-तीन दिनदेखि गाडी छैन। अनुगमनमा जाँदासमेत म आफ्नै गाडी प्रयोग गर्छु । गाडी चाहिएरभन्दा पनि अफिसमा गाडी नदेखेर फोन गर्दा अरूले प्रयोग गरेको जानकारी पाएँ। के रहेछ बुझेर अगाडि बढ्छु।’ 
यसबारे प्रश्न गर्दा कार्यपालिकाको बैठक बसेर सरकारी सम्पत्तिको दुरुपयोग गर्नेलाई कारबाही गर्ने थाक्रे गाउँपालिकाका प्रवक्ता अमितकुमार घलेले बताए।

‘सरकारी गाडीमा पार्टीको झन्डा हालेर उत्तरी धादिङ नेत्रावती गएको रहेछ, पछि थाहा भयो। अध्यक्ष अमेरिका जानुभएको एक साताजति भयो । गाडी उता लगेको हामीलाई थाहै थिएन । अध्यक्षकै छोराले सरकारी गाडी लिएर पार्टीको कार्यक्रममा गएको मैले वडाध्यक्षहरू, पालिका उपाध्यक्षलाई जानकारी गराएँ । सामाजिक सञ्जालमा हालेको रहेछ,’  उनले भने, ‘अफिसको तलब खाने गरी प्राइभेट चालक राखेको छ । कतिखेर कहाँ लान्छ थाहै हुँदैन । किन, कसरी गयो, स्पष्टीकरण कसले दिने हो । चालकलाई कारबाही गर्नुपर्ने हो कि कसलाई गर्ने हो। प्रवक्ता म, उनीहरू भित्र के–के गर्छन् मलाई नै थाहा हुँदैन । तलब पालिकाको खाने, काम अन्यत्रै गरेको भेटियो । अध्यक्ष यहाँ हुनुहुन्न । यो कुरा आपत्तिजनक छ, हामी छानबिन गर्दै छौँ । तत्काल बैठक बसेर तत्कालै कारबाहीको माग राखेका छौँ । सरकारी गाडीको यसरी दुरुपयोग गर्नेलाई कारबाही हुन्छ।’ 
पालिकाका उपाध्यक्ष, प्रवक्तालाई मात्र होइन, पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बराललाई पनि पालिकाको गाडी रमेश आचार्यले लिएर हिँडेको पत्तो छैन। उनले भने, ‘अध्यक्षज्यूले चढेर हिँड्नुहुन्थ्यो। अहिले उहाँ नेपाल हुनुहुन्न, कता दिएर जानुभयो। कसले प्रयोग गरेको छ? जानकारी भएन’ 

सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ। कार्यालय प्रयोजनमा चलाउनैपर्दासमेत सम्बन्धित निकायबाट पास लिनुपर्छ । तर, बिदाको दिन गाडी चलाउने भनेर थाक्रे गाउँपालिकाबाट पासका लागि अनुमति नलिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए। नयाँपत्रीका बाट,

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...