jkmv-english-1784299234.jpg
Thursday, 30 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

जबसका २२ संयोजकमध्ये ओली पक्षमा ६ जना मात्र (सूचीसहित)

Leaders_1230px-12-31-1609555014.jpg

 

 

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजनपछि दुबै समूहबाट पार्टी निर्माण कार्य तीव्र पारिएको छ । नेकपालेसाविकको केन्द्रीय संरचना चलाएको छैन । तर, केपी शर्मा ओली समूहले भने केन्द्रदेखि जिल्ला तहसम्म नयाँ नेतृत्व चयन शुरु गरेको छ ।

बुधबारमात्रै काभ्रेमा ओली समूहका अध्यक्ष चयन भएका छन् । भूगोलको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश इञ्चार्जहरुलाई दिइएको छ । पुस ९ मा बसेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशमा इञ्चार्ज चयन गरेको छ । जनसंगठनहरुको पनि संरचना बनाउन इञ्चार्ज टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिइएको छ ।

 

 

एमाले र माओवादीबीच एकीकरण भएपछि जिल्ला अध्यक्ष र सचिव चयन भएका थिए भने जनवर्गीय संगठन (जबस) का संयोजक र सहसंयोजक तोकिएका थिए । पार्टी विभाजनपछि ओली समूहमा उभिने जनसंगठन संयोजकहरु ६ जना देखिएका छन् । २२ मध्ये बाँकी जनसंगठनका संयोजक भने प्रचण्ड र माधव समूहमा उभिएका छन् ।

आठ जनसंगठनका संयोजक र सहसंयोजक नै प्रचण्ड र माधव समूहका छन् । ४४ पदाधिकारी मध्ये ओली समूहमा ११ जना मात्रै छन् ।

२२ जबसका संयोजक र सहसंयोजक को कता ?

१. अखिल नेपाल किसान महासंघ– वामदेव गौतम (तटस्थ), चित्रबहादुर श्रेष्ठ (प्रचण्ड–माधव)

२, अनेरास्ववियू– ऐन महर (ओली), रन्जित तामाङ (प्रचण्ड–माधव)

३, राष्ट्रिय युवा संघ नेपाल – रामप्रसाद सापकोटा दीपशिखा (प्रचण्ड–माधव), रमेश पौडेल (ओली)

४, अखिल नेपाल महिला संघ– अमृता थापा (प्रचण्ड–माधव), सीता पौडेल (ओली)

५, ट्रेड युनयिन महासंघ – विनोद श्रेष्ठ (ओली), जगत सिम्खडा (प्रचण्ड–माधव)

६, पेसागत महासंघ– विश्वनाथ प्याकुरेल (प्रचण्ड–माधव), दयाराम बस्याल (प्रचण्ड–माधव)

७, प्रेस संगठन नेपाल – महेश्वर दाहाल (प्रचण्ड–माधव), गणेश बस्नेत (ओली)

८, खेलकुद महासंघ– पुरुषोत्तम पौडेल (प्रचण्ड–माधव), शिव कोइराला (प्रचण्ड–माधव)

९, जनसांस्कृतिक महासंघ नेपाल – खगेन्द्र राई (ओली), सरल सहयात्री (प्रचण्ड–माधव)

१०, नेपाल बुद्धिजीबी संगठन– डा. दिनेशचन्द्र देवकोटा (प्रचण्ड–माधव), कृष्ण केसी (प्रचण्ड–माधव)

११, नेपाल मुस्लिम संगठन– सराज अहमद फारुखी (ओली), अतहर हुसेन (प्रचण्ड–माधव)

१२, नेपाल दलित मुक्ति संगठन– तिलक परियार (प्रचण्ड–माधव), बोमबहादुर विश्वकर्मा (ओली)

१३, भूतपूर्व सैनिक तथा प्रहरी संगठन– धनबहादुर चन्द (प्रचण्ड–माधव), …. (रिक्त)

१४ मानवअधिकार तथा सामाजिक अभियान– मीनबहादुर शाही (ओली) हुकुम पोखरेल (प्रचण्ड–माधव)

१५, अपाङ्गता संगठन नेपाल– इन्द्रमाया गुरुङ प्रचण्ड–माधव, रामप्रसाद ढंगाना (ओली)

१६, कानुन– रुद्र नेपाल (प्रचण्ड–माधव), दीनमणि पोखरेल (प्रचण्ड–माधव)

१७, नेपाल उद्योग व्यवसायी महासंघ– लक्ष्मीदास मानन्धर (तटस्थ), श्याम पाठक (प्रचण्ड–माधव)

१८, निर्माण व्यवसायी– यज्ञध्वज कार्की (प्रचण्ड–माधव), शिव चौलागाईं (प्रचण्ड–माधव)

१९, आदिवासी जनजाति महासंघ– सुरेश आलेमगर (प्रचण्ड–माधव), शेरबहादुर तामाङ (प्रचण्ड–माधव)

२०, भुमिहीन सुकुम्वासी संगठन– रामप्रीत पासवान (प्रचण्ड–माधव), पदम देवकोटा (प्रचण्ड–माधव)

२१, इन्जिनियर– शम्भुबहादुर श्रेष्ठ (ओली), डा. हरिराम पराजुली (प्रचण्ड–माधव)

२२, प्रवासी नेपाली एकता मञ्च भारत– लोकनाथ भण्डारी (प्रचण्ड–माधव), ईश्वरी भण्डारी (प्रचण्ड–माधव)

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...