pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

जनहित बिपरित कुनै काम गर्दिन:-मन्त्री कुमारी मोक्तान

371521468_299946766214466-1699184685.jpg

नेकपा (माओबादी केन्द्र) की केन्द्रिय सदस्य, मकवानपुर ईञ्चार्ज तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफुले जनहित बिपरित कुनै काम नगर्ने बताउनुभयो ।

उहाँले जनभावना अनुसार संस्थागत रुपमा योजना बनाई बिकासका योजना ल्याउन आग्रह गर्नुभयो । आईतबार थाहा नगरपालिकाको वडा न ५ मा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को वडा भेलामा मोक्तानले लामो संघर्षका कारण ब्यवस्था परिवर्तन भएको र अब अवस्था परिवर्तनको लागि टोल टोल बाट लाग्न आग्रह गर्दै सामाजिक विकास मन्त्री समेत रहेकी मोक्तानले यस क्षेत्रको बिकासको लागि आफु तत्पर भएको बताउनुभयो ।

यस क्षेत्रको बिकासको लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने र त्यसको लागि स्थानीय पार्टी नेतृत्वले पहल गर्नुपर्ने बताउदै समग्र थाहाको समृद्धिको लागि आफुले सक्दो पहल र कार्य गरिएको बताउनुभयो।

माओवादी वडा न ५ का अध्यक्ष जगन्नाथ वाइवाको सभाध्यक्षतामा सम्पन्न भेलामा माओवादी केन्द्रका उपत्यका बिशेष कमिटीका उपाध्यक्ष तथा ३ महिने अभियान थाहाका कमान्डर प्रकाश चन्द्र पाण्डे प्रलोकको बिशेष आतिथ्यता रहेको थियो भने माओवादी केन्द्र बागमती प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ ,थाहा नगर अध्यक्ष बिनोद कुमार लामा ,अभियानका ५ न वडा कमान्डर अरुण रायमाझी ,सहकामान्डर दिपक सिंह लामा,वाइसीएल थाहाका अध्यक्ष मानसिंह दोङ लगायतका माओवादी नेता तथा कार्यकर्ता हरुको उपस्थिति रहेको थियो। वडा भेलाले निमेष महर्जनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी समेत चयन गरेको छ। जनता संग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत भएको भेलाले उपाध्यक्षमा अजय गुरुङ,बिरमान थिङ,र रहर बहादुर घलान,सचिव श्रीकृष्ण लामा,सहसचिव विक्रम थिङ र कोषाध्यक्षमा रघुनाथ वाइबा रहेको २९ सदस्यीय वडा कमिटी चयन गरेको हो।

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...