Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

छ हजार वडामा पुग्यो माओवादी अभियान

Untitled-1-1694398264.jpg

२५ भदौ २०८०, सोमबार

काठमाडौँ, भदौ २५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सुरु गरेको अभियान क्रममा हालसम्म करिब छ हजारभन्दा बढी वडामा माओवादी नेता कार्यकर्ता पुगेका छन्। तीन महिनासम्म चल्ने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ क्रममा देशभरका छ हजार ७४३ मध्ये छ हजार ३४२ वडामा अहिले माओवादीको अभियान चलिरहेको छ। ४०१ वडामा भने अभियान सुरु हुन सकेको छैन । 

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत भदौ १६ गते छ हजार ७४३ वडाको एकै पटक उद्घाटन गर्नुभएको थियो। अभियान उद्घाटनपछि ७५३ स्थानीय तहका सबै वडाले आ–आफ्नो अनुकूलमा अभियान सुरु गर्ने कार्यतालिका बनाएका थिए। कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका ४०१ वडामा अभियान उद्घाटन हुन नसकेको नेताहरूले बताउनुभएको छ।

‘जन जनमा माओवादी, घर घरमा माओवादी’ भन्ने मूल नारासाथ माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गरेको हो। कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले एक हजार १५७ वडामध्ये एक सय वडामा अभियान उद्घाटन गर्न नसकिएको बताउनुभयो। ती वडामा पार्टी सङ्गठन भए पनि कार्यक्रम भव्य र व्यवस्थित बनाउन लागिएकाले उद्घाटन गर्न ढिला भएको दाबी गर्नुभयो। 

यस्तै मधेश प्रदेशका इन्चार्ज लीलामणि पोखरेलका अनुसार मधेशमा ११० वडामा अभियान सुरु हुन बाँकी छ। कार्यक्रम बनाएर त्यहाँका वडामा पुगिने उहाँले बताउनुभयो। बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलका अनुसार एक हजार १२१ वडामध्ये एक हजार ३२ वडामा मात्रै अभियान सञ्चालन भइरहेको छ। ८९ वडामा अझै अभियान उद्घाटन हुन सकेको छैन। पौडेलले भन्नुभयो, “हामीले बैठक बसेर अभियान सञ्चालन नभएका वडामा तत्काल उद्घाटन गरेर सुचारु गर्न सर्कुलरमार्फत निर्देशन दिएका छौँ।” 

माओवादी गण्डकी प्रदेशका इन्चार्ज एवं पार्टी सचिव देवेन्द्र पौडेलले आफ्नो प्रदेशका सबै वडामा अभियान उद्घाटन गरिसकेको बताउनुभयो। “हामीले गण्डकी प्रदेशका सबै वडामा अभियान उद्घाटन गरेर कार्यक्रम जारी राखेका छौँ। गत भदौ १६ गते उद्घाटन हुन नसकेको वडामा भोलिपल्ट र पर्सिपल्ट उद्घाटन गरियो,” पौडेलले भन्नुभयो, “पहिलो पटक माओवादी मनाङ र मुस्ताङका सबै वडामा पुगेर अभियान उद्घाटन गर्‍यो।” 

कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीले कर्णालीका ७१८ वडामध्ये १९ वडा मात्रै उद्घाटन गर्न बाँकी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले पार्टीको अभियान पालिका केन्द्रित गरेर उद्घाटन गरियो। त्यसपछि कतिपय वडा छुट्न पुगेका छन्। अब ती सबै वडामा तत्काल अभियान उद्घाटन गरेर कार्यक्रम बनाउने छौँ।” 

सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिप्रसाद चौधरीले प्रदेशका सबै वडामा अभियान उद्घाटन भई कार्यक्रम जारी रहेको बताउनुभयो। प्रदेशका सबै पालिका र वडालाई समेट्ने गरी कार्यक्रम बनाएकाले सबै वडा समेटेको चौधरीले प्रस्ट पार्नुभयो। तर पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सबै वडाको अभियान केन्द्रबाट उद्घाटन भइसकेकाले बाँकी भएका वडाले आफ्नो अनुकूलमा अभियान चलाउने बताउनुभयो।   गोरखापत्र अनलाइन 

Untitled-1-1694398265.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...