jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान

FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी रहेको धारणा राखेकी छिन् । नेपाली कांग्रेस थाहानगर ९ नम्बर वडा समिति चित्लाङको आयोजनामा २९ वैशाखमा भएको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अग्रजको योगदानकै कारण कांग्रेस वर्तमान अवस्थासम्म आइपुगेकोले अग्रजको सम्मान गर्नुपर्ने धारणा राखेकी हुन् । ‘यस वडाले अघिल्लो वर्षमा झैं यसवर्ष पनि अग्रजलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

पार्टीमा लामो समय योगदान दिएका अग्रजहरुको योगदानलाई सम्मान गर्न जरुरी छ’, सहमहामन्त्री डीनाले भनिन्, ‘अरु वडा र पालिकाले पनि यस वडाबाट सिक्न जरुरी छ ।,’ आमनिर्वाचनमा कांग्रेसको उम्मेदवारलाई घात गर्नेहरुलाई पार्टीको आन्तरिक निर्वाचनबाटै पाखा लगाउनुपर्ने उनको निर्देशन थियो । वर्तमान राजनीतिक सन्दर्भमा आफ्नो धारणा राख्दै डीनाले कांग्रेसलाई धोका दिएर बनेको वर्तमान सरकार अहिल्यै धुरमुर अवस्थामा पुगिसकेको बताइन् । कम्युनिस्टहरु सरकार टिकाउन अर्काको पार्टी फुटाउन समेत पछि नपर्ने गरेको डीनाको भनाई थियो ।
कांग्रेस थाहानगर ९ नम्बर समितिले सूर्यमान बलामी, उत्तमप्रसाद उपाध्याय, खिन्द्रबहादुर थापालाइ सम्मान गरेको हो । यस्तै स्व.बिष्णुलाल गमाल र राजभाइ श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको थियो । वडा सभापति राजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका नेताहरु आनन्दराम पराजुली, यतीराज सापकोटा, भीम लामा, भरत गोपाली, उद्धव लामिछाने, खड्ग गोपाली, राजेन्द्र बिडारी, भवानी श्रेष्ठ, बिक्रम गोपाली, दीपक गोपाली, कर्ण गोपाली, राममाया खत्रीलगायतले समसामयिक विषयमा मन्तव्य व्यक्त गरेका थिए ।

FB_IMG_1715524610260-1715524641.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...