pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

चार मन्त्रीले हारे चुनाव

2279296895667025348-1669467281.jpg

 

प्रधानमन्त्रीसहित १४ मन्त्री चुनावी प्रतिस्पर्धामा रहेकोमा प्रधानमन्त्रीसहित पाँचजना निर्वाचित भएका छन् । चारजना पराजित भएका छन् । तीनजनाले अग्रता कायम गरेका छन् भने दुईजना पछाडि छन् । प्रधानमन्त्री देउवासहित उद्योगमन्त्री दिलेन्द्र बडू, शिक्षामन्त्री देवेन्द्र पौडेल, सहरी विकासमन्त्री मेटमणि चौधरी र श्रममन्त्री शेरबहादुर कुँवर विजयी भएका छन् । गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले अग्रता कायम राखेका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र खानेपानीमन्त्री उमाकान्त चौधरी पछाडि छन् ।

प्रतिनिधिसभा निर्वाचनमा बहालवाला कतिपय मन्त्रीहरू नै हारेका छन् । पटक–पटक चुनाव जित्दै आएका संघीय मन्त्रीहरू पराजित भएका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल पनि प्रतिनिधिसभा निर्वाचनमा पराजित भएकी छिन् । ललितपुर ३ बाट उम्मेदवार बनेकी भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीसँग भारी मतान्तरले पराजित भइन् । कार्की ३१ हजार १३६ मत ल्याएर विजयी भइन् । एमाले उम्मेदवार अमृत खड्का १२ हजार ९६३ मतसहित दोस्रो भए । भुसालले आठ हजार ७६९ मत ल्याइन् । उनी ०६४ र ०७४ मा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । 

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज पनि पराजित भएका छन् । माओवादी उम्मेदवार गहतराज बाँके १ बाट प्रतिस्पर्धी थिए । त्यहाँ एमालेका सूर्यप्रसाद ढकाल विजयी भएका छन् । ढकालले २५ हजार २६ र गहतराजले १९ हजार ६३२ मत पाए । राष्ट्रिय उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार ४६५ मत पाए । गहतराज ०७४ को निर्वाचनमा यसै क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए । 

चुनाव हार्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि छन् । उनी काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठसँग पराजित भए । श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए । एकीकृत समाजवादीबाट उम्मेदवार बनेका मन्त्री श्रेष्ठ चार हजार ८७७ मतसहित तेस्रो स्थानमा खुम्चिए । श्रेष्ठ ०७४ को निर्वाचनमा यसै क्षेत्रमा एमालेबाट निर्वाचित भएका थिए । 

राज्यमन्त्री उमेश श्रेष्ठ पनि पराजित भएका छन् । कांग्रेसका उम्मेदवार उनलाई चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३४ हजार २८१ मतान्तरले पराजित गरे । लामिछानेले ४९ हजार २६४ र श्रेष्ठले १४ हजार ९८३ मत पाए । एमालेका कृष्णभक्त पोख्रेल १४ हजार ६४७ मत ल्याएर तेस्रोमा सीमित भए । श्रेष्ठ ०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...