pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

गिरिराजमणि पोखरेललाई फापेको तारा चुनाव चिह्न

FB_IMG_1772372326858-1772372367.jpg

महोत्तरी क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेल आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रचारप्रसारमा व्यस्त छन् ।
पोखरेलको घरदैलो अभियान अन्तिम चरण पुग्दै गर्दा समग्र क्षेत्र तारा चुनाव चिह्नमय भएको छ । स्मरण रहोस पोखरेललाई विगतमा पनि तारा चुनाव चिह्न फाफेको थियो ।
यसपटक पनि पोखरेललाई तारा चुनाव चिह्न फाफ्ने उनको पक्षमा देखिएको जनलहरले देखाईसकेको छ । पोखरेल पहिलोपटक २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा पनि महोत्तरी क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धामा रहँदा तत्कालिन जनमोर्चा नेपालको तर्फबाट तारा चुनाव चिह्नबाट नै विजयी भएका थिए ।
पोखरेल महोत्तरी क्षेत्र नम्बर १ बाट तारा चुनाव चिह्न लिएर २०६४ सालमा विजयी हुँदा २०७० र २०७४ सालमा भएको संसदीय निर्वाचनमा भने तत्कालिन नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हसिया हथौडा चुनाव चिह्नबाट विजयी भएका थिए ।
तत्कालिन नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायतका वाम घटकहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन गरिएपछि यो पार्टीले निर्वाचन आयोगबाट तारा चुनाव चिह्न पाएको हो । महोत्तरी क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेल हाल तारा चिह्न लिएर निर्वाचनमा होमिरहँदा पुनः यस क्षेत्रमा तारा चम्किने सो पार्टीका नेता कार्यकर्ता बताउँछन । महोत्तरी-१ बाट पोखरेलले अन्तिम पटक चुनावी प्रतिस्पर्धामा छन् । उनले यसपछिका निर्वाचनमा प्रतिस्पर्धा नगर्ने यसअघि नै बताएका थिए ।
राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचन मिति नजिकिँदै जाँदा महोत्तरी क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको स्पष्ट कार्यक्रम र संगठनात्मक सुदृढताले जनविश्वास बढाएको संकेत मिलिरहेको छ ।
जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएका मुद्दामा केन्द्रित उम्मेदवार पोखरेलको अभियानले महोत्तरी क्षेत्र नम्बर १ का बर्दिवास नगरपालिका, गौशाला नगरपालिका र भंगहा नगरपालिकाको चारवटा वडासम्म सकारात्मक प्रभाव पारेको बताइन्छ ।
फागुन २१ को निर्वाचनलाई परिवर्तन, स्थायित्व र समृद्धिको मार्गचित्रसँग जोड्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेल जनताको घरदैलोमा निरन्तर संवाद गरिरहेका छन् । क्षेत्रभर देखिएको यो उत्साह र समर्थनलाई नेपाली कम्युनिष्ट पार्टी महोत्तरी १ ले जनमतको बलियो आधारका रूपमा लिएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...