jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

गठबन्धनले जिते जनताको चाहना अनुसार विकास हुन्छ : मोक्तान

Kumari-Moktan-Kartik-17-(-1667491145.jpg

हेटौंडा १७ कात्तिक/बागमती प्रदेशकी सामाजिक विकास मन्त्री एवं मकवानपुर क्षेत्र नम्बर २ (क) की प्रदेश सभा उम्मेदवार कुमारी मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनले चुनाव जिते जनताले चाहे अनुसारकै विकास हुने बताउनुभएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका ६ मा आज आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले संविधानको रक्षा र जनमैत्री विकासका लागि लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउँनुपर्ने बताउँनुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक बाम गठबन्धनले जिते भीमफेदी गाउँपालिकासहित देशैभर जनताको चाहना अनुसार विकास हुनेछ ।’ आफुलाई माओवादीले मात्र नभई लोकतान्त्रिक बाम गठबन्धनले नै उम्मेदवार बनाएको भन्दै नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर ईन्चार्ज समेत रहनु भएकी मोक्तानले देश विकासको लागि आफुहरुले भुमिका खेल्ने बताउनुभयो ।


नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलको विशेष आतिथ्य रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य लवशेर विष्ट, नेपाली काँग्रेस मकवानपुरका पूर्व क्षेत्रीय सभापती यतिराज सापकोटा, क्षेत्रीय उपसभापती रन्जन दाहाल, भीमफेदी सल्लाहकार नारायण थापा, माओवादी केन्द्रका भीमफेदी ६ का वडा अध्यक्ष गोपाल घलान लगायतको आतिथ्य रहेको थियो । यसैबिच, भीमफेदी गाउँपालिका ५ मा लोकतान्त्रिक बाम गठबन्धन साझा सम्पर्क कार्यालय उद्घाटन र चियापान कार्यक्रम पनि सम्पन्न भएको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...