pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

गठबन्धनले जनताको मत हाल्न पाउने अधिकारलाई कुठाराघात गरेको छ : डोरमणि पौडेल

315504444_647123260237079-1668520182.jpg

हेटौंडा / बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गठबन्धनले जनताको मत हाल्न पाउने अधिकारलाई कुठाराघात गरेको बताउनुभएको छ । आफ्नो पार्टीमा भोट हाल्न पाउने अधिकारलाई रोकेर गठबन्धनको नाममा उम्मेद्बारी नै नदिएको बताउनुभयो । मंगलबार हेटौंडा १४ मा नेकपा एमालेले आयोजना गरेको चुनावी सभामा बोल्दै नेकपा एमालेको सरकार बन्नु बाहेकको विकल्प नभएको समेत प्रष्ट पार्नुभयो ।बहुमत आउन सक्ने भन्दा कम क्षेत्रमा उम्मेद्बार खडा गरेर बहुमत ल्याउने सबै पार्टीले अस्तित्व गुमाएको पनि उहाँले बताउनुभयो । बहुमत बन्ने हैसियतमा एमाले मात्र रहेको पौडेलले बताउनुभयो । बहुमत ल्याउन नसक्ने गरि उम्मेद्बार दिने पार्टीले देशको भलो गर्न नसक्ने भन्दै उहाँले भन्नुभयोू गठबन्धनका मान्छे पुर्ब जानुपर्ने पश्चिम जान्छन् पश्चिम जाने पुर्व जान्छ्न, यस्ताले देशलाई समृद्ध बनाउन सक्दैनन् । गठबन्धनको अहिलेको योजना लुट्ने र खाने मात्र भएको भन्दै यस्तो प्रवृत्तिलाई निर्वाचन बाट पछार्नुपर्ने बताउनुभयो ।सडक, स्वास्थ शिक्षालगायतका धेरै बिकासका काम गरेको र अझै पनि गर्न बाकी रहेले एमालेले मत पाउने उहाँको भनाई थियो ।बिकास चाहने हो भने एमालेको सरकार बन्नुपर्ने भन्दै २० औं ३० औं बर्ष देखि नभएको बिकास एमालेको पालामा भएको स्मरण गर्नुभयो ।एमाले सरकारले छोटै समयमा धेरै काम गरेपनी बर्तमान सरकार बिदेशीको लागि कम्फर्टेबल सरकार बनाउन लागि परेको बताउनुभयो ।अहिले हामीले बिदेशीको लागि नभई नेपालीको लागि सरकार निर्माण गर्नुपर्ने भन्दै एमाले मात्र त्यस्तो पार्टी भएको उहाँको भनाई छ ।गठबन्धनको सरकार बने ५ बर्ष पछाडि हुदै यसको असर २० औं बर्ष सम्म रहनसक्ने तर्फ सचेत गराउनु भयो । जनताको काम गर्न के पी ओलि अझै पनि जनताको काममा रातदिन खटिरहेको पनि उहाँले बताउनुभयो ।  गठबन्धनको प्रधानमन्त्री को भन्ने मै रुमलिने हुँदा बर्बादीको दिशामा देशलाई जान नदिन एमाले सरकारका लागि जनताको मतको अपेक्षा गरेको जानकारी दिनुभयो । यस्तै मयुरधाप औद्योगिक क्षेत्रको सुरुवात भएपछि १४ नम्बर वडाबासीले प्रत्यक्ष लाभ लिने उहाँले बताउनुभयो ।कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर सहइन्चार्ज जुनेली श्रेष्ठ, मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापा, मकवानपुर १(ख) का उमेदवार एकालाल श्रेष्ठ, प्रदेश कमिटी सदस्य इन्द्रमान स्याङ्तान, मकवानपुर निर्वाचन परिचालन कमिटी सह संयोजक श्रीधर पोख्रेल, जिल्ला सचिवालय सदस्य मदन दाहाललगायत सहभागी हुनुहुन्थ्यो ।यसैगरी मंगलबार नै एमालेका उम्मेद्बार कमल थापा र एकालाल श्रेष्ठले हेटौंडा ५ र १५ नम्बर वडमा घरदैलो गर्दै  कोणसभालाई सम्बोधन पनि गर्नुभएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...