himalen-2083-1778725505.jpg
Friday, 29 May, 2026
jkmv2083-1778723862.jpg

राजनीति

गठबन्धनमा नेपाली कांग्रेस संवेदनशील छ कांग्रेस थाहा नगर कमिटि पदाधिकारी

313906926_126236425456178-1667222252.jpg

मकवानपुर, १४ कात्तिक/नेपाली कांग्रेस थाहा नगर कमिटिको आयोजनामा यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका प्रत्यक्ष उम्मेद्वारहरु र नेपाली कांग्रेस थाहा नगर कमिटि पदाधिकारी, वडा सभापति र स्थानीय निर्वाचनका उम्मेद्वारहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडा र नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चाज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले संबिधानको रक्षा र देशको बिकासका लागि गठबन्धन भएको र गठवन्धन प्रति ईमान्दार भएर मतदान गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस थाहा नगरका वडा सभापतिहरुले कांग्रेसलाई बिश्वास गर्नुहुन आग्रह गनुभयो । उहाँहरुले गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न आफुहरु प्रतिबद्ध भएको बताउनुभयो । नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीले गठबन्धनका सन्दर्भमा नेपाली कांग्रेसलाई शंका नगर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “बाम लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेस संवेदनशील छ ।” कार्यक्रममा नगर उपसभापति नवराज कार्की, वडा नं. १ का सभापति रुपचन गोपाली, २ का गोकर्ण बरुवाल, ४ का श्रीकृष्ण के.सी, ५ का सन्त बहादुर गुरुङ ६ का कालिचरण अधिकारी, ७ का शिबराज थिङ, १० का कुलचन्द्र अर्याल, ११ का चिन कुमार गोले १२ का उर्बान तामाङ लगागतको उपस्थिति रहेको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

khane-1774766593.png