pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

को हुन् बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डे ?

mukhyamantri-1635416334.jpg

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन् । 

पाण्डेले माओवादी, कांग्रेस, जनता समाजवादी र एकीकृत समाजवादीका गरी कुल ५९ सांसदको समर्थनसहित  मुख्यमन्त्री बनेका हुन् । 

नेकपा एकीकृत समाजवादी पार्टीका बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री हुन् । यसअघि प्रदेशको मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले जिम्मेवारी सम्हालेका थिए ।

बाबु नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेको कोखबाट २०१३ सालजेठ २९ गते धादिङको गजुरी गाउँपालिका वडा नम्बर–२ मा जन्मेका पाण्डे २०७४ सालको प्रदेशसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित भएका हुन् । नेकपा एमालेको उम्मेदवारका रुपमा विजयी भएका उनी पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका हुन् ।

राजनीतिक पृष्ठभूमि

ग्रामिण विकासमा स्नातकोत्तर गरेका पाण्डे २०३१ सालको  विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका थिए । २०३३ साल श्रावणमा केन्द्रीय कारागारमा जेल कमिटीको सदस्य तथा कोअर्डिनेसन केन्द्रको सदस्यता प्राप्त गरेका उनी २०३४ साल श्रावणमा प्रथम भ्याली अर्गनाईजिङ कमिटीको सदस्य भएका थिए ।

२०३६ कात्तिकमा धादिङमा भएको प्रथम जिल्ला पार्टी सक्रिय दलको सचिवको जिम्मेवारी प्राप्त गरेका उनी २०४२ साल पुसपछि २०४७ पुससम्म नेकपा (माले) जिल्ला कमिटी धादिङको सदस्य भए ।

पाण्डे २०४७ साल पुसपछि २०५२ सालसम्म नेकपा एमाले जिल्ला कमिटी धादिङको पार्टी सचिवको जिम्मेवारीमा रहे । २०५० वैशाख २० गते नेपालगञ्जमा सम्पन्न एमालेको छैटौं महाधिवेशनबाट अञ्चल सचिव बनेका पाण्डे २०५४ सम्म सो जिम्मेवारीमा रहे ।

​२०५५ मंसिर ५ गते नेकपा एमाले को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरेका उनले २०६५ सालसम्म सो जिम्मेवारी सम्हालेका थिए । २०६५ सालदेखि २०७४ सालसम्म नेकपा एमालेको पोलिटब्युरो सदस्य रहेका नेता पाण्डे २०७४ सालदेखि तत्कालीन नेकपाको केन्द्रीय सदस्य रहे । तत्कालीन नेकपा विघटनसँगै उनी २०७८ भदौ ९ गतेसम्म नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । २०७८ भदौमा नेकपा एमाले विभाजनपछि भने उनी नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध रहेर उपाध्यक्षको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् ।

जेल जीवन

२०३१ सालमा सिक्किमलाई भारतमा गाभ्ने कार्य विरुद्धको आन्दोलनमा सहभागी रहेका उनले २०३२ सालको विद्यार्थी आन्दोलनमा सरस्वती क्याम्पसबाट नेतृत्व गरे । उनी २०३२ सालको विद्यार्थी आन्दोलनमा गिरफ्तार भई केन्द्रीय कारागारमा ४२ दिनसम्म हिरासतमा बसे । उनले २०३४ सालमा भूमिगत जीवन पनि बिताए । जेल बसेको अवधिमै कोअर्डिनेशन केन्द्रसँग सम्पर्कमा रहेका उनी २०३६ सालमा बहुदलीय व्यवस्था प्राप्तिका लागि भएको आन्दोलनमा सहभागी भए ।

२०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्व गर्दै आन्दोलनलाई विजयको शिखरमा पु¥याउन सफल भएका पाण्डेले २०६० देखि २०६२÷२०६३ सम्म निरंकुश राजतन्त्र तथा प्रतिगमन विरोधी आन्दोलनमा आन्दोलन परिचालन कमिटीको सचिवका रुपमा काम गरे ।

पाण्डे २०३१ सालमा १७ दिन, २०३२ सालमा ४२ दिन, २०३३ सालमा १ वर्ष, २०३७ सालमा शिक्षक आन्दोलनमा सहभागी हुँदा २८ दिन, २०३८ सालमा ३६ दिन, २०४२ सालमा ९ महिना, २०४४ सालमा जनपक्षीय जिल्ला सभापतिको हैसियतमा भण्डाफोरको नीति अन्तर्गत फाल्गुण ७ गते भाषण गर्दा राजकाज मुद्दा खेपेर १७ महिना जेल बसे ।

संसदीय जिम्मेवारी

२०४३ सालमा राष्ट्रिय पञ्चायतको जनपक्षीय उम्मेदवार बनेर निकटतम प्रतिस्पर्धी बनेका पाण्डे २०४४ साल वैशाखमा जनपक्षीय जिल्ला पञ्चायत सभापतिमा निर्वाचित भए । २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा धादिङ क्षेत्र नम्बर–३ बाट लगातार ३ पटक निर्वाचित भएका उनले २०५१ देखि २०५३ सालसम्म संसदीय दलको सचेतक र २०५३ देखि २०५५ सालसम्म प्रमुख सचेतकको जिम्मेवारी प्राप्त गरे ।

२०६३ जेठ ८ देखि २०६३ चैत १८ गतेसम्म स्थानीय विकास मन्त्री बनेका पाण्डे २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–३ बाट निर्वाचित भए । २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ (क) बाट उनी निर्वाचित भए । २०७४ साल भदौ २६ गतेदेखि भने उनी नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारीमा छन् ।

विदेश भ्रमण

२०५० सालमा संयुक्त राज्य अमेरिका भ्रमण गरेका पाण्डेले २०५३ सालमा चीन, २०५३ साल श्रावणमा इटली र जापान भ्रमण गरे । यस्तै, २०५८ सालमा जर्मनी, स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्स, २०५९ सालमा मलेसिया, सिंगापुर, फिलिपिन्स र थाइल्याण्ड, २०६२ सालमा भेनेजुयलाको भ्रमण गरेका उनले २०६३ सालमा तान्जानिया, २०६६ सालमा ब्राजिल र चीन, २०६७ सालमा दक्षिण कोरिया, २०६९ सालमा अष्ट्रेलिया र २०७१ सालमा चीनको भ्रमण गरेका छन् ।

शिक्षकदेखि मुख्यमन्त्रीसम्म

प्रदेश सरकारको स्थापनासँगै वाग्मती प्रदेशको मुख्यमन्त्रीका रूपमा राजेन्द्र पाण्डेको नाम चर्चामा थियो । तर, एमालेभित्रको विवादका कारण उनी पछाडि परे । धादिङ क्षेत्र १ (१) बाट एमालेका तर्फबाट निर्वाचित पाण्डे पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता भएका हुन् । २०१३ साल जेठ २९ मा गजुरीमा जन्मिएका उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न भएका उनी सुरुमा शिक्षण पेसामा आबद्ध थिए । ‘शिक्षणभन्दा राजनीतिबाट समाज परिवर्तन गर्नुपर्छ भनेर पूर्णकालीन राजनीतिमा लागेको हुँ,’ उनले भने ।

पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति भएका थिए । २०५० सालमा नेकपा एमालेको अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य भए । धादिङमा नेकपा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका उनले स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी अहिले नेकपा (एस) को केन्द्रीय उपाध्यक्ष छन् ।

उनी २०३२ सालमा सरस्वती क्याम्पसको नेतृत्व गरेर आन्दोलनमा हिँड्ने क्रममा जेल पर्दा उनको भेट झापाली राजबन्दीसँग भएको थियो । त्यसपछि झापा आन्दोलनलाई समर्थन गर्दै उनी सक्रिय राजनीतिमा लागेका थिए । २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा उनलाई १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो ।

जेल बस्ने क्रममा उनी २०३३ सालमा केन्द्रीय कारागारमा पार्टीको जेल कमिटीको सदस्य भएका थिए । त्यतिबेला उनी ४२ दिन जेल बसेका थिए ।पाण्डेले २०५० वैशाख २० देखि नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट अञ्चल सचिवको जिम्मेवारी सम्हालेका थिए । उनले २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्वसमेत गरेका थिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...