pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

केपि ओलि ज्ञानेन्द्रको खेताला हुन:- रामनारायण बिडारी

IMG_20211120_154419_847-1639718438.jpg

काठमाडौं, २ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद रामनारायण बिडारीले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्रका खेताला भएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलाले पूर्वराजा ज्ञानेन्द्रसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको पाँचबुँदे सहमतिमा के छ भन्ने प्रश्न गर्दा नेता बिडारीले भने, “प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहमति गर्नुभएको छैन । नेपालमा केपी शर्मा ओली झुटलाई सत्य साबित गर्न, जनतालाई झुक्याउन र भ्रम पार्न माहिर हनुहुन्छ । उहाँले बोलेका प्रायः कुरा झुटा नै हुन्छन् । जनयुद्धका बेला केपी ओली राजा ज्ञानेन्द्रका खेताला हुन् । माओवादीजस्तो क्रान्तिकारी पार्टीका तर्फबाट जनयुद्ध हाँकेको जननायक प्रचण्डले त्यस्तो गर्ने कुरै आउँदैन । उहाँले त बरु म खेताला, नोकरचाकरसँग, जुत्ताको तलुवासँग कुरा गर्दिनँ, तिम्रा मालिकसँगै कुरा गर्छौं, ओपन्ली भन्नुभएकै थियो । यिनीहरु त राजतन्त्र टिकाउनका लागि क्रान्तिकारी नेताको टाउको काटेर झोलामा ल्याऊ लाखौं लाख दिन्छौं भन्थे ।”
तपाईंहरु व्यक्तिहत्या, राजनीतिक दलको गतिविधि निषेधमा लाग्नुभएको थियो । ज्ञानेन्द्रको अभिनन्दनमा केही गर्नुहुन्नथ्यो, हिसिला यमीको किताबमा बाँदरमुढे घटनापछि प्रचण्ड गणतन्त्रवादी भएको भनेर लेखिएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा बिडारीले भने, “तत्कालीन माओवादी राजा ज्ञानेन्द्रसँग नलडे पनि ज्ञानेन्द्रको शाही सेनासँग लडिरहेको थियो । जनवादी, समाजवादी प्रणालीमा जे माग हुन्छ, माओवादीको माग त्यही हो । प्रचण्डको आलोचना गर्ने भए बरु कम्युनिस्टका निम्ति युद्ध गर्नुभएको थियो, पुँजीवादी व्यवस्थामा सम्झौता गर्नुभयो भनेर गर्न सकिएला । दुइटा शक्तिले एकअर्कालाई जित्न नसकेको अवस्थामा सम्झौता भएको हो । खाइपल्केका एमालेका केपी ओलीजस्ता कपुतहरुलाई संविधानसभामार्फत संविधान, गणतन्त्र, समावेशी सिद्धान्तमा सहमत गराउनु प्रचण्डको सफलता हो । जनयुद्ध नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति हुने कुरा कल्पना थिएन । ओलीहरु त राजाको ताबेदारी भएर राजतन्त्र चाहिन्छ भन्ने मान्छे हुन् । कमल थापा नै गणतन्त्रवादी भइसकेपछि ओली हुनु कुन ठूलो कुरा हो र ?”
सुधारिएको लोकतन्त्रमार्फत साम्यवाद र समाजवादतिर जान पक्षमा माओवादी रहेको पनि उनले बताए । माओवादीको राष्ट्रिय सम्मेलनमा युवाहरुको प्रतिनिधित्व कति हुन्छ भन्ने प्रश्नमा उनले थपे, “माओवादीको राष्ट्रिय सम्मेलनमा सबै पदमा जान प्रतिस्पर्धा भएको छ । २० प्रतिशतभन्दा बढी युवा र ३५ प्रतिशत कम नहुने गरी महिला प्रतिनिधित्व हुन्छ । केन्द्रीय जनवादी नीतिअनुसार वडादेखि केन्द्रसम्म प्रतिस्पर्धा छ ।”                          रिपोर्टस नेपाल डट कम मा समाचार छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...