pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

कुमारी मोक्तानको जित सुनिश्चित रहेको स्थानीयको दाबी: मोक्तानको एकैदिन पाँच चुनाबी कोण सभालाई सम्बोधन

Kumari-Moktan-(2)-1668353659.jpg

मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की लोकतान्त्रिक बाम गठबन्धनकी साझा प्रदेश सभा सदस्य उम्मेदवार एवं नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तानले आईतबार उत्तरी मकवानपुरको पाँच वटा चुनाबी कोण सभालाई सम्बोधन गर्नु भएको छ । कोण सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचित भएपछि स्थानीय सबै समस्याको पहिचान गरी समाधान एवं विकास निर्माण गर्ने प्रतिबद्धता जनाउँनुभयो ।

‘प्रदेश सांसद र केही समय मन्त्री भएपछि मेरो निर्वाचन क्षेत्रको विकासको लागि धेरै बजेट ल्याई विकास गर्ने काम गरेको छु,’ बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहनु भएको उहाँले भन्नुभयो, ‘अझै यस क्षेत्रमा धेरै बजेट र विकासको आवश्यक छ, त्यसका लागि मलाई र गठबन्धनलाई अमुल्य भोट दिनुहोस् ।’

विगतको प्रतिनिधी सभा र प्रदेश सभा सदस्य तथा स्थानीय तह निर्वाचन २०७९ को नतिजा र चुनाबी कोण सभामा उत्साहजनक जनसहभागितालाई हेर्दा कुमारी मोक्तानको जित सुनिश्चित रहेको नेकपा माओवादी केन्द्र थाहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष जमिन दियालीले बताउँनुभयो । ‘उहाँले यस क्षेत्रमा धेरै बजेट विनियोजन गरी सडक, खानेपानी, विद्यालय लगायतको विकासमा उल्लेख्य योगदान पु¥याउँनु भएको छ,’ उहाँले भन्नुभयो, ‘उहाँले आफ्नो निर्वाचन क्षेत्र र स्थानीयवासीको समस्या आफ्नो ठानेर निरन्तर काम गर्नुभएकोले थाहावासीले उहाँलाई नै जिताउँने बताईरहेका छन् ।’

थाहा नगरपालिकाको वडा नम्बर ४ को ठुलो माखु र रुप्से तथा वडा नम्बर ५ को पिङडाँडा, भट्टीडाँडा र खोलाखर्कमा चुनाबी सभा आयोजना गरिएको हो । वडा नम्बर ४ को कार्यक्रम नेपाली काँग्रेस थाहा ४ का वडा सभापती श्रीकृष्ण केशीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य तथा क्षेत्र नम्बर २ निर्वाचन परिचालन संयोजक लवशेर विष्ट, मकवानपुर सदस्य अरुण रायमाझी, थाहा नगरपालिकाका मेयर विष्णु विष्ट ‘आदर्श’ लगायतले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई भोट दिई जिताएर थाहा नगरसँगै जिल्ला, प्रदेश र देशको विकासमा योगदान दिन सबैलाई आग्रह गर्नुभयो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...