Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

कामचलाउ प्रधानमन्त्री ‘बाठो’ बन्दा ईश्वर र प्रदीपको मन्त्री पद गुम्यो
अब ईश्वर र बादलको कमब्याक सम्भव छैन : कानूनविद

मंगलबार अपरान्ह प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको बेञ्चले नवनियुक्त २० मन्त्रीलाई एकसाथ पदमुक्त गरेको खबर सुन्नासाथ दुईवटा प्रश्न मुखरित भए : एक– अब ईश्वर पोखरेल र प्रदीप ज्ञवालीहरुको मन्त्री पद पुनर्बहाली भयो कि भएन ? र, दुई– कतै तत्कालीन रामबहादुर थापा बादलसहित माओवादीका ७ मन्त्रीको पद पनि पो बहाली भयो कि ?

​किनभने, सर्वोच्च अदालतको अन्तरिम आदेशमा स्पष्टसँग भनिएको छ कि प्रतिनिधिसभा विघटन गर्दाकै बेलाको मन्त्रिपरिषद कायम रहनुपर्छ । प्रतिनिधिसभा विघटन भएको विषेश परिस्थितिमा प्रधानमन्त्रीको अध्यक्षतामा जे जुन अवस्थाको मन्त्रिपरिषद छ, त्यही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्नेछ भन्ने स्पष्टरुपमा किटानीसाथ उल्लेख भइरहेको परिप्रेक्ष्यमा मन्त्रि परिषद विस्तार गर्न नहुने अदालतले भनेको छ । उसोभए त्यसबेला मन्त्री रहेका ईश्वर लगायतको पोखरेलको अवस्था के हुन्छ त ? सामान्य नजरले हेर्दा यो प्रश्न स्वाभाविकै जस्तो पनि देखिन्थ्यो ।

​किनभने, अदालतको आदेशमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटनको दोस्रो अवस्थापछि हालको प्रधानमन्त्री संविधानको धारा ७७ को १ को खण्ड ‘ग’ बमोजिम स्वतः प्रतिनिधिसभाको सदस्यसमेत नरही निजको प्रधानमन्त्रीको पद रिक्त हुन गएको अवस्थामा ऐजन धारा ७७(३) मा उपधारा १ बमोजिम प्रधानम्न्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ भनि उल्लेख भएको देखिन्छ । यसरी प्रतिनिधिसभा विघटन भएको विशेष परिस्थितिमा प्रधानमन्त्रीको अध्यक्षतामा जे जुन अवस्थाको मन्त्रिपरिषद् छ, त्यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ भनि स्पष्ट रुपमा किटानीका साथ उल्लेख भइरहेको परिप्रेक्ष्यमा तत्काल कायम रहेका प्रधानमन्त्रीले अन्य सामान्य अवस्थाको प्रधानमन्त्रीले जस्तो मन्त्रिपरिषद् विस्तार गर्ने, थप गर्न सक्ने भनि संविधानको कुनै पनि धारामा उल्लेख नभएकाले यस्तो अधिकार प्रधानमन्त्रीमा देखिँदैन ।’

​सर्वोच्चको यो आदेशलाई लिएर विघटनअघि मन्त्री कायम रहेका ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, हृदयेश त्रिपाठी, शिवमाया तुम्वाहाङ्फे, पद्मा अर्याललगायतको मन्त्री पद फेरि फर्किने टीकाटिप्पणी भएको हो । तर, यसबारे कानूनविदहरुले भने प्रधानमन्त्री आफैंले हटाएका मन्त्रीहरु पुनर्बहाली नहुने बताउँछन् । प्रधानमन्त्री नयाँ मन्त्री थप्न नपाउने तर हटाएमा त्यो सदर हुने कानूनविदको भनाइ छ । ईश्वर पोखरेलहरुलाई प्रधानमन्त्रीले नै पदमुक्त गरेको हुनाले अब पुनर्बहाली नहुने कानूनविदको भनाइ छ ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतको आदेशमा ४ जनाको पद जोगिएको र बाँकी सबैको पद गएको स्पष्टरुपमा लेखेकाले अरु कसैको पद नफर्किने बताए । थापाले भने, ‘विष्णु पौडेलसहित ४ मन्त्रीबाहेक सबैको पद जाने भनेर आदेशमा तोकेरै भनिएको छ, अब विघटनअघि मन्त्री भएकाहरुको मन्त्री पद फेरि फर्किने भन्ने हुँदैन ।

कामचलाऊ सरकारले मन्त्रिपरिषद विस्तार गर्नु असंवैधानिक हुने जान्दाजान्दै प्रधानमन्त्री ओलीले अपरिपक्व निर्णय गर्नाले ईश्वर पोखरेल र प्रदीप ज्ञवालीजस्ता सारथीहरुलाई क्याबिनेटबाट गुमाएको चर्चा अहिले एमालेभित्र हुन थालेको छ । ​त्यस्तै रामबहादुर थापा बादलसहित माओवादीका सात मन्त्रीहरु सांसद नरहेकाले उनीहरुको नियुक्ति अदालतले पहिल्यै बदर गरिसकेको हुनाले बादलको पुनर्बहाली पनि नहुने कानूनविद बताउँछन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...