jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

काङ्ग्रेसको काठमाडौ - मकवानपुर सम्पर्क मंचको अध्यक्षमा घिमिरे

teg-ghi-team-1676814269.jpg

नेपाली काँग्रेसको मकवानपुर– काठमाडौं सम्पर्क समितिको सभापतिमा तेजप्रसाद घिमिरे सर्वसम्मत रुपमा चयन हुनुभएको छ । 

शनिबार काठमाडौंमा आयोजित भेलाले घिमिरेको नेतृत्वमा २२ जनाको समिति निर्विरोध निर्वाचित गरेको हो ।

घिमिरे समितिका निवर्तमान उप–सभापति हुनुहुन्थ्यो । समितिको उपाध्यक्षमा देवकुमार श्रेष्ठ र मिरा बन्जारा, सचिवमा सन्तोष गौतम, कोषाध्यक्षमा खड्गबहादुर जिम्बा (विकेश) र सह–सचिवमा मकवानपुर १ को (क) बाट भरत पराजुली, मकवानपुर १ को (ख) बाट सन्तोष ढुंगेल, मकवानपुर २ को (क) बाट गौरव विक र मकवानपुर २ को (ख) बाट वलेन्द्र व्लोन चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा मानवी बानियाँ, राजेन्द्र घतानीलगायत चयन भएका छन् । 

 

पुरुषोत्तम ठकुरीको सभापतित्वमा र नेपाली कांग्रेस वागमति प्रदेशका सभापति तथा मकवानपुरका निवर्तमान पार्टी सभापति समेत रहिसकेका पूर्वमन्त्री तथा प्रदेश सांसद इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सभापति वुद्ध लामा, नेताहरु उमा दाहाल, प्रभात दाहाल, मकवानपुर कांग्रेसका जिल्ला कार्य समिति सदस्य तथा संगठन विभाग प्रमुख शैलेन्द्रराज बानियाँका साथै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सह–कोषाध्यक्ष अर्जुन गौतम, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साललगायत अतिथिका रुपमा रहेका थिए ।

मकवानपुर र काठमाडौंको सम्बन्धलाई जोड्दै कांग्रेसको हकहितमा काम गर्नका लागि यो सम्पर्क समिति गठन भएको जनाइएको छ । 

२ वर्षका लागि नवनिर्वाचित अध्यक्ष घिमिरेले आगामी दिनमा कांग्रेसलाई राम्रो बनाउन आफूले सशक्त रुपमा भूमिका खेल्ने बताउनुभएको छ । ‘मैले यो समितिमा बसेर धेरै काम गरेको छु, अहिले पनि सबैले पत्याएर मलाई सभापति बनाउनुभयो त्यसको लागि आभारी छु’ घिमिरेले भन्नुभयो ‘म अहिले धेरै कुरा गर्दिन, काम गरेर मेरो नेतृत्व सफल भयो भन्ने प्रमाणित गर्छु ।’

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...