pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

कांग्रेस महाधिवेशन सर्यो, मंसिर २७ देखि पुस १ गतेसम्म हुने

index-1635381969.jpg

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ गतेदेखि पुस १ गतेसम्म हुने भएको छ । यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्मको मितिमा महाधिवेशन नहुने निश्चित भएपछि निर्वाचन समितिले पुनः नयाँ कार्यतालिका बनाउँदै महाधिवेशनको मिति १८ दिन पर सारेको हो ।

केन्द्रीय निर्वाचन समितिको आजको बैठकले वडा अधिवेशन हुन बाँकी सबै जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ । त्यस्तै कात्तिक ३० मा पालिका अधिवेशन, मंसिर ३ मा प्रदेशसभा क्षेत्र अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशन गर्नेगरी कार्यतालिका बनाइएको छ । निर्वाचन समितिले प्रस्ताव गरेको नयाँ कार्यतालिमा प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने उल्लेख छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीका अनुसार मंगलबार कांग्रेस पदाधिकारी बैठकले महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गर्न निर्वाचन समितिलाई जिम्मा दिएको थियो । सोही अनुसार समितिले नयाँ कार्यतालिका प्रस्ताव गरेको हो । निर्वाचन समितिले नयाँ तालिका प्रस्ताव गरेपनि कांग्रेस महाधिवेशन सार्न केन्द्रीय समितिको बैठक बस्नुपर्ने हुन्छ । सभापति शेरबहादुर देउवाले महाधिवेशनको नयाँ मिति अनुमोदन गर्न केही दिनमै केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका छन् ।

कांग्रेसको प्रदेश २ का ८ र अन्य ५ गरी १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । रौतहट र रसुवाको क्रियाशील सदस्यता विवाद पनि समाधान हुन बाँकी नै छ ।

नेपाली काँग्रेस १४ औं महाधिवेशनको नयाँ कार्यतालिका :

  • कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन (वडा/पालिका अधिवेशन हुन नसकेका १३ जिल्लामा)
  • मंसिर ३ गते : प्रदेश सभा अधिवेशन
  • मंसिर ६ गते : संघीय निर्वाचन क्षेत्र अधिवेशन
  • मंसिर १० गते : जिल्ला अधिवेशन
  • मंसिर १६ र १७ : सात वटै प्रदेशको अधिवेशन
  • मंसिर २७ देखि पौष १ गते: केन्द्रीय महाधिवेशन
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...