jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

कल्ले गर्ला एमाले थाहानगरको नेतृत्व ?

1709956078550-1709956125.jpg

 

नेकपा एमाले थाहानगरको नेतृत्व चयनका लागि संभावित उमेद्वारहरुको चर्चा हुन थालेको छ । यहि २८ फागुनमा हुने नगर अधिवेशनले एमाले थाहाले नयाँ नेतृत्व पाउने छ । नयाँ नेतृत्वका लागि अहिले ५ जनाको बढि चर्चा रहेको छ ।

एमाले नगर अध्यक्ष पदका लागि सुरेन्द्रमान प्रधान, कल्पना बलामी, अच्युतम प्रसाद ढकाल, गुप्त बहादुर कार्की र बिमलकुमार ढकालको चर्चा रहेको छ । प्रधान र बलामी हालका एमाले मकवानपुर जिल्ला सदस्य समेत हुन् । अच्युतम प्रसाद ढकाल थाहानगर अध्यक्ष हुन् भने कार्की २०७४ को स्थानीय तहबाट निर्वाचनमा थाहा–२ मा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । बिमल कुमार ढकाल एमाले मकवानपुरका पूर्व जिल्ला सदस्य हुन् ।

२३ फागुनमा भएको नगर अधिवेशन आयोजक कमिटीको सचिवालय बैठकम े अधिवेशनका लागि प्रदेश सदस्य तथा थाहानगर ईञ्चार्ज इन्द्रमान स्याङ्तानको अध्यक्षतामा ९ सदस्यीय अध्यक्षीय मण्डल गठन गरिसकेको छ । अध्यक्ष मण्डलमा सुवास चन्द्र ठकुरी, नारायण रिजाल, श्यामभक्त श्रेष्ठ, बुद्धरत्न मानन्धर, शशीधर सुवेदी, शिवराम थापा, हरि गोपाली र विष्णु प्रसाद ढकाल रहेका छन् । अध्यक्ष मण्डलले अधिवेशन अघि नै सम्भावित उमेदवारहरुबीच छलफल गरी सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने जनाएको छ ।

अधिवेशनको उद्घाटनका लागि एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । अधिवेशनका लागि थाहाका सबै वडाहरुबाट १ सय ७६ प्रतिनिधि छानिएका छन् भने अधिवेशनमा जनवर्गीय संगठनहरुबाट ३र३ जना र ५ प्रतिशत प्रतिनिधि मनोनित हुने व्यवस्था छ ।

 

 
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...