pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राेजगार

कर्जा लिएर व्यवसायी बनेकालाई ‘रिबेट’ प्रदान

rebate-photo-3-1564571881.jpg

बिक्रेताले एक निश्चित सीमासम्म खरिद गर्ने क्रेतालाई खरिदको आधारमा फिर्ता गरिदिएको रकमलाई रिबेट भनिन्छ । यसलाई उत्तरी मकवानपुरमा सहकारीमार्फत् पहिलोपटक अभ्यास गरिएको छ । 

थाहा नगरको शिखरकोटमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले उत्तरी मकवानपुरमा पहिलो पटक अभ्यास गरेको हो । च्वाइस हुमानीटेरियन नेपाल र मेन्टोर्श इन्टरनेशनलको सहयोगमा सहकारीका सदस्यहरुमा लगानी गरिएको कर्जा कारोबारमा रिबेट प्रदान गरिएको हो । संस्थाहरुले रिबेटलाई पुरस्कारको रुपमा प्रदान गरेको सहकारीका व्यवस्थापक सुमन विष्टले बताए ।

च्वाइस र मेन्टोर्शको ५० लाख रुपियाँ सहयोगमा सहकारीले गत वर्ष २८ जना सदस्यहरुलाई कर्जा लगानी गरेको थियो ।  उनीहरुमध्ये २० जनालाई बुधबार थाहानगरको विकास घरमा आयोजना गरिएको एक कार्यक्रममा १० हजारको दरले रिबेट प्रदान गरिएको छ । रिवेट पाउनेमा धेरै जसो कृषकहरु छन् । रिवेट पाउनेहरुमा विष्णु विक, सहदेव सिं कार्की, रामशरण विष्ट, प्रताप विष्ट, सोमराज गोपाली, गणेश प्रसाद विष्ट, हरिहर ढकाल, काशिराम थापा, किरण स्याङतान, नवराज कार्की, मानसिं पाख्रिन, रेबिका केसी, पार्वती श्रेष्ठ लगायत छन् । एक जना कृषकले भने ३१ हजार बराबरको प्लास्टिक टनेल पाएका छन् । यसरी टनेल पुरस्कार पाउनेमा केदार रायमाझी रहेका छन् ।
थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीले सदस्यहरुलाई रिवेट प्रदान गरेका थिए । सहकारीका अध्यक्ष मधुसूदन विष्टको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका–३ का वडाध्यक्ष राजेश केसी, च्वाइसका फिल्ड संयोजक भेष वाङ्गल जिसी, सहकारी तथा संघसंस्थाहरुका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।  रिवेट पाउँदा कृषक तथा व्यवसायीहरु निकै खुशी देखिन्थे । ‘संस्थाले कर्जा मात्र होइन, कसरी व्यवसायी बन्ने, व्यवसायमा हिसाव किताव कसरी राख्ने, आम्दानी–खर्चको विश्लेषण कसरी गर्ने भन्ने बारे तालिम र परामर्श पनि दिएको छ’ कृषक रामशरण विष्टले भने । 

कर्जा लिएर व्यवसायिक सदुपयोग गर्दै आत्मर्निरतातर्फ लागेका सदस्यहरुलाई पुरस्कार स्वरुप रिवेट प्रदान गरिएको च्वाइस नेपालका मकवानपुर प्रमुख प्रताप घिमिरेले बताए । संस्थाले सदस्यहरुलाई व्यवसाय विकास तालिम तथा परामर्श दिँदै आएको छ । 

शिखर सहकारीका व्यवस्थापक विष्टका अनुसार यसरी प्रदान गरिएको रकम सदस्यहरुले व्यवसाय प्रवर्धनमै लगानी गर्नु पर्नेछ । 

कृषकहरुका लागि गएिको लगानी र कार्यक्रम प्रभावकारी बन्दै गएपछि शिखर बचत तथा सहकारी संस्थामार्फत् थप लगानी गर्न संस्थाहरु आकर्षित भएका छन् ।  


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...