pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

कम्युनिस्ट आन्दोलनमा लागेको क्षति लाई पुर्ती गर्न पार्टी पुनर्गठन :- मन्त्री खतिवडा।

 नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी ओलीको अहंकारले कम्युनिष्ट आन्दोलनमा गहिरो चोट लागेको बताउनुभयो ।
थाहा नगरपालिका स्थित वडा नं ११ र १२ मा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उहाँले त्यही कम्युनिष्ट आन्दोलनलाई लागेको क्षतिलाई  पूर्ति गर्न आफुहरुले पार्टी पुर्नगठनको कदम चालेको स्पष्ट गर्नुभयो ।  मन्त्री खतिवडाले अनेकौं आन्दोलनबाट प्राप्त उपलब्धीलाई ब्यक्तिबादले सक्काउन खोजेको आरोप लगाउनुभयो । मन्त्री खतिवडाले खोप नलगाएका सबै जनतालाई खोप लगाउने आफ्नो जिम्मेवारी रहेको बताउदै स्टक रहेको खोप नागरिकलाई लगाउनका लागि स्वास्थ्यकर्मीहरु खोपको डब्बा बोकेर गाउँटोल पुगेर भएपनी प्रत्येक नागरिकलाइ खोप लगाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले अब १६ हजार स्थानबाट खोप कार्यक्रम गर्ने बताउदै पहिलो र दोस्रो खोप पूरा गरिसकेकाको निम्ति बुस्टर डोज नेपाल सरकारले निशुल्क लगाइदिने बताउनुभयो । 
कार्यक्रममा पोलिट्व्युरो सदस्य दिलकुमारी पन्त,  बाग्मती प्रदेश सदस्य गौतमवुद्ध लामा, जिल्ला सचिवालय सदस्य इश्वरलाल रुम्बा, डम्बर लामा, माधव तिमल्सीना, किरणमान बल लगायतले आफ्नो धारणा राख्नुभएको थियो । भेलाले थाहा ११ मा सेतो गोलेको अध्यक्षतामा ३७ सदस्यीय कमिटी तथा सुदर्शन शिकारीको अध्यक्षतामा २७ सदस्यीय युवा संघ तथा थाहा १२ मा लिलाबहादुर आलेमगरको अध्यक्षतामा २७ सदस्यीय तथा कमिटी तथा सोम गोलेको अध्यक्षतामा २१ सदस्यीय युवासंघ गठन गरिएको छ ।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...