jkmv-english-1784299234.jpg
Thursday, 30 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

कम्युनिष्ट सरकार लोकतन्त्रको ज्याकेट भिरेर निरंकुशता लाद्न तत्परः नेता के.सी.

60684964_1069814853218242-1558415059.jpg


थाहा नगगरपालिका, ६ जेठ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह के.सी.ले कम्युनिष्ट सरकारले लोकतन्त्रको ज्याकेट भिरेर निरंकुशता लाद्न लागिपरेको बताउनुभयो ।
कम्युनिष्टहरु सरकारमा आएसंगै चरम भ्रष्टाचार, सरकारी जग्गा हड्प्ने, बलात्कार, वाईडबडी काण्डमा मुछिनुका साथै निरंकुशता लाद्नमा केन्द्रित रहेको बताउनुभयो ।
कांग्रेस २ नम्बर क्षेत्रीय समिति र थाहा नगरको संयुक्त आयोजनामा सोमबार थाहानगरको पालुङमा भएको राष्ट्रिय जागरण अभियानमा बोल्दै नेता के.सी.ले कांग्रेसले नेपालको ईतिहासमा धेरै ठूला र महत्वपूर्ण परिवर्तन गरेको भएपनि दुईतिहाईको कम्युनिष्ट सरकार गठन भएको १५ महिना बितिसक्दापनि प्रधानमन्त्री मात्रै हैन मन्त्रीहरुसमेत अझै देखिने काम गर्न छाडेर खोक्रो आश्वासन र उखानटुक्का मात्रै बाढिरहेको बताउनुभयो । 
ओली सरकार गठन भएसंगै देशको संविधान र कानून मिच्दै अघि बढेको बताउँदै नेता के.सी.ले यसैगरी एकपछि अर्को निरंकुशता लाद्न खोजे कांग्रेसले अब चौथो ठूलो आन्दोलनको तयारीमा लाग्नुपर्ने अवस्था आएको र अब ठूलो आन्दोलनको लागि तयार रहन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कांग्रेसले नेपाल र नेपालीलाई आधुनिकरणमा ढाल्न सफल भएको बताउँदै केन्द्रीय सदस्य के.सी.ले यसको बारेमा जागरण अभियानमार्फत गाउँ, वडा र टोलरटोलमा गएर आम जनतामा जान आग्रह गर्नुभयो ।
विशिष्ट अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले नेपालको कम्युनिष्ट सरकारलाई विश्वले नपत्यका कारण अहिले नेपालको अर्थतन्त्र धरापमा परेको बताउनुभयो । अहिलेको सरकार चटकी सरकार भएको बताउँदै केन्द्रीय सदस्य डिनाले यो सरकार खोक्रो र झुटा आश्वाशन बाड्ने मात्रै काम गरेको बताउनुभयो ।
कांग्रेस सरकारमा नभएपनि कहिल्यै नआत्तिने पार्टी भएको बताउँदै नेतृ डिनाले अब गाउँरगाउँ जागरण अभियानमार्फत कम्युनिष्ट सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्दै जनताको हरेक सुखदुःखमा साथ दिने बताउनुभयो ।
त्यस्तै विशिष्ट अतिथि कांग्रेस जिल्ला सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कम्युनिष्टहरु झुटा आश्वासनको पोका लिएर जनमत बटुल्न सफल भई सरकारमा गएपनि अहिले बजेटको चरम दुरुपयोग गरि जनतालाई पंगु बनाउनुबाहेक अरु सिन्कोसमेत भाँच्न नसकेको बताउनुभयो ।
नेता बानियाँले कांग्रेस अब कम्युनिष्टका उपल्ला नेताहरुले गरेको चरम भष्ट्राचार, बलमिच्याईको भण्डाफोर गर्दै जागरण अभियान लिएर गाउँरगाउँ हिडिरहेको बताउनुभयो ।
कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटाको सभाध्यक्षता तथा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह के.सी.को प्रमुख आतिथ्यतामा जागरण अभियान कार्यक्रम भएको हो ।
नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय समिति र थाहा नगर समितिको संयुक्त आयोजनामा थाहा नगरको पालुङमा भएको राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेकपा, राप्रपालगायत पार्टी परित्याँग गरि ३४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठले स्वागत एवं कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको जागरण अभियानमा जिल्लाका पदाधिकारी तथा सदस्यहरु, पूर्व जिल्ला सभापतिहरु, सल्लाहकारहरु, हेटौंडा उपमहानगर, थाहा नगरका पदाधिकारी एवं सदस्यहरु, क्षेत्रीय तथा गाउँपालिकाहरुका पदाधिकारी, सदस्यहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं पदाधिकारी, सदस्यहरु तथा क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियोे ।
 

60675488_594927494354405_-1558415060.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...