Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

ओलीले दुईतिहाइको जनमत जोगाउन सकेनन्ः खतिवडा

BHIMFEDI-1-1666402391.jpg

नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले केपी ओलीले दुई तिहाइको जनमत जोगाउन नसकेको बताउनु भएको छ । 
मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक वामगठबन्धनका तर्फबाट उम्मेदवार रहनु भएका खतिवडाले शुक्रबार भीमफेदीमा भएको कार्यक्रममा बोल्दै जनताले वामपन्थीलाई सरकार सञ्चालनका लागि दिएको जनमत ओलीको आडम्बर भत्किएको बताउनु भयो । ‘मेरै लोकप्रियताले सबै बल आर्जन भएको भन्दै सरकार र पार्टीलाई एकलौटी चलाउन खोज्दा जनमतको अपमान भयो,’ खतिवडाले भन्नु भयो, ‘पार्टीको रिसले दुई–दुई पटक संसद विघटन गरे ।’
‘२०३६ सालदेखि परिवर्तनका पक्षमा लागेका दलहरु हाम्रो गठबन्धनमा छन्,’ खतिवडाले भन्नुभयो, ‘एमाले भने राजतन्त्र पक्षधर, विखण्डनकारीसँगै गुण्डा नाइकेहरु बोकेर निर्वाचनमा होमिएको छ ।’
खतिवडाले आफ्नो क्षेत्रमा विकासका निर्माणका लागि भए गरेका कार्यहरु बताउँदै झुटको खेती गर्नेहरुले कहिले युवाका नाममा त कहिले विकास भएन भनेर बेइमानी गरिरहेको बताउनुभयो । 
आजै मकवानपुरको कैलाशस्थित कालिकाटारमा भएको गठबन्धनकै अर्को कार्यक्रममा खतिवडाले गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्नु भयो । उहाँले भन्नुभयो, ‘गठबन्धनका सबै उम्मेदवारले जित्छन्, धोकाधडी हुन्छ भनेर भ्रम मात्र फैलाइएको हो ।’ उहाँले आफू जितेर प्रदेशका उम्मेदवार हार्ने वा प्रदेशका उम्मेदवार जितेर आफू हार्ने अवस्था नभएको र त्यस्तो भएमा आफू र प्रदेशका विजयी उम्मेदवार समेत नैतिकता देखाउँदै राजीनामा दिन भएको बताउनुभयो । 
कार्यक्रममा निर्वाचन क्षेत्र २ क का उम्मेदवार एवम् बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गठबन्धनका उम्मेदवारहरु परिपक्व, अनुभवी र मकवानपुरको विकास अहोरात्र क्रियाशील अनुहारहरु भएको बताउनु भयो । कालिकार भीमफेदी सभामा सहभागी मोक्तानले प्रदेश गठबन्धन सरकारले विकट र दुर्गम कैलाश तथा भीमफेदीको विकासमा गरेको योगदानहरु चर्चा गर्नु भयो । ‘भीमफेदीमा २ अर्ब ८६ करोडका १ सय १७ योजना प्रदेश सरकारले ल्याएको छ,’ मोक्तानले भन्नुभयो, ‘संघ र प्रदेशमा मन्त्री तथा मुख्यमन्त्री बन्ने अनुहारहरु मकवानपुरकै भएकाले जनताका समस्या समाधानमा राजनीतिक पहुँच अरु बलियो हुनेछ ।’
प्रदेश ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँले एमाले कमल थापा, विखण्डनकारी, गुण्डा नाइके बोकेर हिँडिरहेको र व्यवस्था नै सिध्याउने काम लागेकाले गठबन्धन बनाउनु परेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सहिदको हत्यारालाई उम्मेदवार बनायो, साढे ३ वर्ष केन्द्र र प्रदेश सरकार हुँदा मकवानपुरको विकासमा एमालेले केही पनि काम गरेन ।’
तीनजना उम्मेदवार दुवै सभामा सहभागी हुनुहुन्थ्यो ।  


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...