pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

ओलीको बोलीले एमालेमा तरंग,माधव नेपालको साथ छाडेका १० नेतामाथि ओलीको पेलान

960246-913384-913164-kp-o-1634801001.jpg

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन भएको टिप्पणी गरेपछि एमालेका तेस्रो धारका नेताहरु आक्रोशित बनेका छन् । यो विषयमा विहीबार (आज) बस्ने स्थायी कमिटी बैठकमा कुरा उठ्ने भएको छ ।

एमाले अध्यक्ष ओलीले बुधबार वागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा पार्टीका कतिपय नेताहरुलाई ‘१० बुँदे, १० बुँदे भनेर ट्याङ ट्याङ् नगर्न’ चेतावनी दिएका थिए । अध्यक्ष ओलीको यस्तो अभिव्यक्तिपछि १० बुँदे तयार गर्ने नेताहरु आक्रोशित बनेका छन् ।

एमाले उपाध्यक्ष भीम रावलले ओलीको उक्त टिप्पणीप्रति सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो भने सहमति कार्यान्वयनको विकल्प नभएको चेतावनी दिइसकेका छन् ।

अध्यक्ष ओलीले बुधबारको आफ्नो मन्तव्यमा १० बुँदेको औचित्य सकिएको आशय मात्रै व्यक्त गरेनन् । उनले पार्टीभित्र अझै ‘माधव प्रवृत्ति’ कायमै रहेको भन्दै तेस्रो धारका नेताहरुलाई माधव प्रवृत्ति त्याग्न चेतावनीसमेत दिए ।

बुधबार के भनेका थिए ओलीले ?

हामीले आन्तरिक अनेकता होइन एकतामा जोड दिनुपर्छ । हिजो कता के भयो ? यो १० बुँदे । केके जाति एकतारे बजाएर भजमन गोविन्दम् गरिरहन आवश्यक छैन । १० बुँदे १० बुँदे, १० बुँदे, १० बुँदे ....। यो पनि धेरै रेटिरहन आवश्यक छैन । मिलेर, एकताबद्ध भएर अगाडि बढौं न खुरुक्क ! अब कति बजाउने १० बुँदे ट्याङट्याङ ...? माधव आउँछन् कि भनेर १० बुँदे गरेको । अब के १० बुँदे, १० बुँदे ?

हाम्रो पार्टी, हामीले बनाएको पार्टी अलिअलि साथीहरूले बाटो बिराउनुभएको होला । फर्केर आउने काम गर्ने सिद्धियो त ! हामीले भनेका छौं । माधव नेपालको कुरा बेग्लै हो । माधव नेपालसँग झुक्किएर गएका बाटो बिराएकालाई पनि फर्क भनिरहेका छौं हामी ! कुनै भेदभाव गर्दैनौं, आउ । योग्यताअनुसार कमिटीमा बस्ने, जिम्मेवारी लिने, जहाँ राख्न मिल्छ राख्ने । कुनै आग्रह छैन, तर माधव नेपाललाई नो इन्ट्री !

तेस्रो धारका नेताहरूप्रति ओलीको अर्को टिप्पणी यस्तो थियो–

पार्टीभित्र गलत प्रवृत्तिहरू निकै झाँगिएका छन् । त्यो प्रवृत्तिका विरुद्ध हामीले जुध्नुपर्छ । गलत प्रवृत्तिले जित्नुहुँदैन । त्यसो गर्दा हामी एकजुट हुनुपर्दछ । एक आवाज, एक स्वर हुनुपर्छ । हाम्रा अनेक स्वर हुन थाले भने ?

कमिटीमा निर्णय गर्यो बाहिर निस्कियो । आफूलाई कुनै चित्त नपरे पनि त्यो कमिटीले पास गरेपछि कार्यन्वयन गर्नुपर्छ । त्यसको टीकाटिप्पणी –ल कमिटीले त यस्तो निर्णय गर्यो म सहमत छैन । मैले त भन्दिएको छु सहमत छैन भनेर । यस्तो पनि हुन्छ ? त्यो त व्यक्तिवादिता हो ।

यो संस्थावादिता भएन । संस्थागत भएन । संगठनात्मक आचरण भएन त्यो । मेरो त यो हो कुरो, पार्टीको चाहिँ यस्तो हो । कमिटीको निर्णय पास एक स्वरले भन्नुपर्छ हामीले यस्तो निर्णय गरेका छौं, यो सही छ । यो कार्यान्वयन भएर अघि बढ्छ । र, चित्त बुझेको छैन भने कमिटीको बैठकमा यस–यस कारणले गलत भन्ने लाग्छ, यसो गर्नुहुँदैन भन्ने मलाई लाग्छ, असल मनसायका साथ तर्क गर्नुपर्छ । असल नियत, असल तरिकाले ।

तर्क गर्दा, छलफल गर्दा असल तरिका हुनुपर्छ । एक अर्कालाई होच्याउने, अपमान गर्ने, टिप्पणी गर्दा मतभेद बढाउने खालका क्रियाकलाप र तौरतरिका हामीले गर्नुहुँदैन । हाम्रा तौरतरिका एकदमै मिलनसार साथीहरूका बीचमा । सत्रुसँग लड्न नसक्ने, आफ्ना विचारमा चाहिँ लडेर बस्ने माधव नेपालको जस्तो ? विरोधीका पाउ मोल्ने, म्याउम्याउ गर्ने, दिनैपिच्छे बूढानीलकण्ठ र केजाति । अहिले त बालुवाटारतिर सर्या छ । म्याउँ म्याउँ गर्न दिनैपिच्छे पुग्ने, निवेदन हाल्न पुग्ने, अनि पार्टीका विरुद्धचाहिँ... । आफ्ना विरुद्ध, साथीहरूका विरुद्ध... ।

 

ओलीको दाबी :  हामीले चाहे यो सरकार एक सातामा ढल्छ, अर्ली इलेक्सन ठिकै छ

 

 

 


अध्यक्ष ओली अगाडि सोही कार्यक्रममा बोल्दै उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यले कम्युनिस्टहरूको एकताको प्रसंग निकालेकी थिइन् । साथै उनले कात्तिक ६ गते हुने वडा अधिवेशनबारे पनि असन्तुष्टि जनाएकी थिइन् । उनले हतारमा वडा अधिवेशन गर्न नहुने तर्क गर्दै आफू त्यसको पक्षमा नभएको शाक्यले बताएपछि ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीको टिप्पणीमा रावलको प्रतिवाद

१० बुँदे सहमति गर्ने कार्यदलका संयोजकमध्येका उपाध्यक्ष रावलले संस्थागत भइसकेको विषयमा ओलीले विवाद उत्पन्न गर्न खोजेको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा बुधबार साँझ लेखेका छन्, ‘१० बुँदे सहमति ‘एकतारे’ होइन, पार्टी एकता बचाएर देशहितका लागि बजाइएको ११ तारे बिगुल हो । यसको धून संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ ।’

स्थायी कमिटीमा प्रतिवादको तयारी

विधान महाधिवेशनको समीक्षा र राष्ट्रिय महाधिवेशनबारे छलफल गर्न आज एमाले स्थायी कमिटी बैठक बस्दैछ । बैठकको पूर्वसन्ध्यामा अध्यक्ष ओलीले १० बुँदेको ट्याङट्याङ नगर्न चेतावनी दिएपछि तेस्रो धारका नेताहरु बैठकमै ओलीसँग आक्रोश पोख्ने तयारीमा लागेका छन् ।

‘१० बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा अध्यक्ष ओलीले जे विवाद ल्याउनुभयो, त्यो ठीक भएन । आज बस्ने बैठकमा यसबारे हामी कुरा उठाउँछौ, चुप लागेर बस्दैनौँ’, तेस्रो धारका एक स्थायी कमिटी सदस्यले रातोपाटीसँग भने, ‘हामीलाई त उहाँले दासजस्तै ठान्नुभयो ।’

१० बुँदेको कार्यान्वयन सुदुरपश्चिम र वागमती लगायतका प्रदेशमा हुन सकेको छैन । अध्यक्ष ओली १० बुँदे कार्यान्वयन गर्न प्रतिवद्ध भएपछि माधव नेपालको साथ छोडेर १० जना स्थायी समिति सदस्यहरु एमालेमै बसेका थिए । तर, उनीहरुको माग र आवाज ओलीले दबाउँदै आएको गुनासो एमालेभित्र भुसको आगो जसरी फैलिएको छ । 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...