Sunday, 19 May, 2024
राजनीति

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान

1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनुभयो ।

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् मन्त्री मोक्तानले मजदुरहरुलाई न्युनतम पारिश्रमिक दिन र सामाजिक सुरक्षाकोषमा सहभागी गराउन उद्योगी ब्यवशायीहरुलाई अनुरोध गर्नुभयो ।


अखिल नेपाल ट्रेड युनियन महासघ जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्ष रामशरण घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा आयोजनामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज बिजय गौतमले  श्रम र श्रमिकको उच्च सम्मान गर्नुपर्ने बताउनुभयो ।


बुधबार हेटौंडा औद्योगिक क्षेत्रको उद्योग संघको हलमा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवम् हेटौंडा उपमहानगर इन्चार्ज प्रह्लाद लामिछाने, बागमती प्रदेश उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रदेश सदस्य एवम् जिल्ला समन्वय समिति प्रमुख ललित घलान, प्रदेश कमिटी सदस्य शुभरत्न गोले,  टेड्र युनियन महासङ बाग्मती प्रदेश अध्यक्ष मिलन लामा, माओबादी केन्द्र मकवानपुर जिल्ला संयोजक  भिम पाख्रीन, सचिब वीर बहादुर घलान, हेटौंडा उपमहानगर अध्यक्षतिर्थ बहादुर थापा मगर, विद्यार्थी नेता दिनेश सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।

टेड्र युनियन महासङ जिल्ला कार्य समिति मकवानपुर सचिब ज्ञानेन्द्र लामिछानेले संचालन गरेको कार्यक्रममा महासंघ आवद्ध संगठनका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...