pani-1786865868.jpg
Saturday, 19 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एम सि सि मा छलफल सुरु भएपछि एमाले सांसदले नारावाजी गर्न बिर्सिए!

Screenshot_20220227-17412-1645963196.png

काठमाडौं, १५ फागुन : एमालेका सांसदहरूले गत भदौदेखि संसद बैठकमा नाराबाजी गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाको विरोध जनाएर गत २३ भदौदेखि एमाले सांसदले प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै आएका हुन् ।
सोही क्रममा आइतबार पनि प्रतिनिधिसभा बैठक सुरु हुनासाथ रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजीका बीच सभामुख सापकोटाले एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु गराए । छलफलमा भाग लिँदै विभिन्न राजनीतिक दलका सांसदहरूले बोल्दै जाँदा नाराबाजी गरिरहेका एमाले सांसद पनि सम्बोधनलाई ध्यान दिएर सुन्न थाले ।
जसपा सांसद बाबुराम भट्टराईले सम्बोधन गर्न आइपुग्दा एमालेका अधिकांंश सांसदले नाराबाजी गर्न नै भुले, उनीहरू मग्न भएर सम्बोधन सुन्न थाले भने केही सांसदमा आपसमा कुराकानी गर्न थाले । अहिले पनि एकाध सांसदले मात्र नाराबाजी गरिरहेका छन् । उनीहरूले मसिनाे स्वरमा नाराबाजी गरिरहेका छन् ।
आइतबारबाट एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । तर, एमालेले आधिकारिक रूपमा एमसीसीबारे धारणा सार्वजनिक गरेको छैन । यद्यपि, एमाले सांसद भीम रावलले भने सैद्धान्तिक छलफलमा भाग लिएर एमसीसी राष्ट्रहितविपरीत रहेकाले अस्वीकार गर्नुपर्नेमा जोड दिए । न्युज कारखाना

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीदेखि खेलकुद सामग्रीसम्म सहयोग
20260918_160533-1789739610.jpg

  थाहा–२ अंगारे । थाहा नगरपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक...

पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...