pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमाले सिध्याउन पार्टीभित्रैबाट घेराबन्दी भएको थियो : अध्यक्ष ओली

KP-in-Sudoorpashim-1696769263.jpg

पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा एमालेलाई सिद्ध्याउन पार्टीभित्रैबाट प्रयत्न भएको बताउनुभएको छ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशनको आज धनगढीमा उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “पार्टीभित्रको तत्त्वलाई परिचालन गरेर हाम्रो पार्टीलाई नै सिद्ध्याउने प्रयत्न भएको थियो । तर पनि हामीले पार्टीलाई जोगाएर यस ठाउँसम्म ल्याएका छौँ ।” पार्टी अध्यक्ष म लगायत पार्टीको शीर्ष नेतृत्वलाई साधारण सदस्यबाट समेत हटाउने काम भएको उहाँले स्मरण गर्नुभयो । पार्टी भित्रैबाट भएको डरलाग्दो घेराबन्दीका कारण एमालेले बहुमत प्राप्त गर्न नसकेको उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभातर्फ दुई सिटमात्रै जितेको भन्दै ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउन एमाले मिसन ८४ मा लागेको बताउनुभयो । उहाँले २०८४ मा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गर्नुभयो । “एमालेको बहुमतको सरकार बन्छ” उहाँले भन्नुभयो । 

यसैगरी, अहिले मुलुकमा देश बदल्ने, जनता सम्झिने सरकार नरहेको उहाँको टिप्पणी छ । वर्तमान सरकारले विकास, सुशासन र जनताको पक्षमा काम गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।  

त्यस्तै, एमाले महासचिव शङ्कर पोखरेलले मुलुकमा राजनीतिक स्थिरता ल्याउने सामर्थ्य आफ्नो पार्टीमा मात्र रहेको बताउनुभयो । उहाँले पार्टीलाई अझ बलियो बनाउनेतर्फ लाग्न सबै नेता, कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । “आफ्नो आकाङ्क्षा पार्टीको हितमा राख्न सकिँदैन भने पार्टी बलियो हुँदैन” उहाँले भन्नुभयो । 

अधिवेशन उद्घाटनसत्रमा एमालेका केन्द्रीय सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा लगायतका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा उदघाटनसत्र भएको थियो । प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि भइरहेको अधिवेशन भोलिसम्म चल्ने सो दलले जनाएको छ । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...