Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमाले विभाजनपछि मुख्यमन्त्री शाक्य संकटमा, यस्तो बन्न सक्छ समीकरण

Asta_Laxmi__2_4y8wqRIR7h-1629978558.jpg

गमती प्रदेशमा सरकार परिवर्तन भएको आठ दिन पूरा भएको छ । गत साता बुधबार एकाएक डोरमणि पौडेलले सत्ता हस्तान्तरण गरे । उनको राजीनामालाई पार्टी एकता जोगाउनका लागि अतुलनीय योगदानका रुपमा व्याख्या गरिए पनि पार्टी विभाजन प्रक्रिया रोकिएन ।

 

पौडेलले राजीनामा दिएकै दिन उनले नेकपा एमालेकै नेतृ अष्टलक्ष्मी शाक्यलाई पार्टीको संसदीय दलको नेतामा सर्वसम्मत चयन गराए । सोही आधारमा शाक्यले मुख्यमन्त्री पद सम्हाल्न पाइन् ।

 

बागमती प्रदेशका तत्कालीन प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले राति करिब ९ः३० बजे अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त गरे । शाक्य नेपालको संविधानको धारा १६८ (१) बमोजिम मुख्यमन्त्री नियुक्त भएकी हुन् । सोही दिन मुख्यमन्त्रीसहित नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए ।

मुख्यमन्त्रीको शपथ ग्रहणपछि शाक्यले पत्रकारहरुसँग कुरा गर्दै आफूले नेकपा एमालेको तर्फबाट सबैको साथ पाएर नै सरकारको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेको अभिव्यक्ति दिइन् । नेकपा एमाले विभाजनपछि नयाँ दलका रुपमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपालले पनि मंगलबार बागमती प्रदेशको मुख्यमन्त्री शाक्य आफ्नो समेत सहमतिमा मुख्यमन्त्री बनेको बताए ।

 

लामो समय माधवकुमार नेपाललाई साथ दिएकी शाक्य अहिले एमालेमै छिन् भने माधवकुमार नेपालले अलग दल दर्ता गराइसकेको अवस्था छ । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार विभाजन प्रक्रियाबाट दल दर्ता भएको तीन साताभित्र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले आफू कुन दलमा रहने भन्ने निर्णय लिइसक्नु पर्नेछ ।

शाक्य नेतृत्वको सरकार अल्पमतमा

एमाले विभाजनसँगै बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । प्रदेशका २ जना सांसदले नेकपा एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध भएसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले नेकपा एमाले दल त्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दलमा आवद्ध भएका छन् । खनालले मन्त्री पदमा नियुक्त भएर पद तथा गोपनीयताको शपथग्रहण गरेको एक सातामै दल परिवर्तन गरेका हुन् । उनले एमाले परित्याग गरी बुधबार नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा उपस्थित भएर आफ्नो सनाखत गराएका छन् ।

खनालसँगै प्रदेशसभाका सदस्य राजेन्द्र पाण्डेले दल दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखत गराएका छन् । उनीहरुले नयाँ दल दर्ताका लागि सनाखत गरेसँगै मुख्यमन्त्री शाक्यको सरकार स्वतः अल्पमतमा परेको हो ।

बागमती प्रदेशसभामा १०९ जना सदस्य छन्, जसका आधारमा बहुमतका लागि कम्तीमा ५५ सांसदको समर्थन आवश्यक हुन्छ । दल विभाजन अघि एमालेको पूर्ण बहुमत थियो ।

यस्तो छ समीकरण

बागमती प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलसँग एकल बहुमत छैन । यसअघि स्पष्ट बहुमतमा रहेको नेकपा एमालेले दल विभाजनसँगै बहुमत गुमाएको छ ।

नेकपा एमालेको सभामुखसहित ५६ सांसदमध्ये दल विभाजनपछि अब ५४ सांसदमात्र बाँकी छन् । सभामुखले निर्णायक अवस्थामा बाहेक मतदानमा भाग लिन नपाउने भएकाले बहुमतका लागि एमालेलाई कम्तीमा दुई सांसद आवश्यक पर्दछ ।

बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रको उपसभामुखसहित २३ जना, नेपाली काँग्रेसको २२ जना सांसद छन् । यो गठबन्धनलाई सरकार बनाउन थप १० सांसद आवश्यक हुन्छ । तीमध्ये माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका दुई सांसद यो गठबन्धनको पक्षमा जाने निश्चित छ । यद्यपि बहुमतका लागि अझै ८ सांसद आवश्यक हुन्छ ।

एमाले बाहेकको सरकार बनाउने हो भने साना दलको भूमिका निर्णायक हुने देखिन्छ । प्रदेशसभामा जसपाका १, विवेकशील साझाका ३, नेमकिपाका २ र राप्रपाका २ सांसद छन् ।

यीमध्ये राप्रपाले काँग्रेस–माओवादीसहितको गठबन्धनलाई नसघाउने लगभग निश्चित छ । यस्तै, नेमकिपाले पनि सरकार गठनका सम्बन्धमा तटस्थ रहने नीति अपनाउने सम्भावना प्रवल छ । यस्तो अवस्थामा माधवकुमार नेपाल पक्षले एमालेका केही सांसदलाई आफूतिर तान्न सक्ने र नयाँ सरकार गठनका लागि भूमिका निर्वाह गर्न सक्ने आँकलन गरिएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता पाण्डे मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार केही दिनमात्र कायम रहने दाबी गर्दछन् । आफ्नो नयाँ पार्टीमा तत्काल २ जना सांसद देखिए पनि बागमती प्रदेशमा आफू निकट १२ जना सांसद शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्ने उनको भनाइ छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...