Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमाले परित्याग गरि सिङ्गो गाउँ नै माओवादी केन्द्रमा प्रवेश ।

Screenshot_20220312-15134-1647077594.png

दोलखाको वैतेस्वर गाउँपालिका वडा नम्बर ४ काब्रको एउटा सिंगै गाउँवासी नेकपा एमाले परित्यागगरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

वैतेस्वर गाउँपालिका वडा नम्बर ४ साविक काब्रे गाविसको उनियाचौर बस्तिका ४९ र अन्य दुई गरी ५१ जना नेकपा माओवादी केन्द्रमा आज प्रवेश गरेका हुन् । उनियाचौर निवासी निलप्रसाद लामिछाने, हरिलाल लामिछाने, कृष्णप्रसाद लामिछाने, दलवहादुर सार्की, गोरेवहादुर सार्की लगायतका एमालेका स्थानीय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । यसैगरी पदमवप्रसाद लामिछाने, जगन्नाथ दहाल, लालवहादुर दाहाल, शिवराम दाहाल, चन्द्रवहादुर दाहाल लगायत रहेका छन् । पार्टी प्रवेश गर्नेमा उनियाचौर बस्तिका ३० घरपरिवारका ४९ जना रहेका छन् । काब्रेकै च्यानेका अमृतवहादुर तामाङ र वैतेस्वर २ माझगाउँका उमेश घिसिङ पनि माओवादीमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई नेकपा माओवादीका युवा नेता एवँ बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का लगायत माओवादीका जिल्लास्तरीय र गाउँपाकिलास्तरीय नेताहरुले पार्टीमा प्रवेश गराएका हुन् । उनियाचौर बस्तिका सवै नागरिक एमाले परित्याग गरी माओवादीमा प्रवेश गर्ने भएपछि मन्त्री खड्का स्वयँ गाउँवस्तिमै पुगेका थिए । केही दिनअघि मात्रै सोही स्थानका टंकपसाद लामिछाने नेपाली कांग्रेस परित्यागगरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यस लगत्तै उनियाचौरको सिंगै गाउँ माओवादी केन्द्रमा प्रवेश गरेको हो । माओवादीमा प्रवेश गर्दै स्थानीय हरिलाल लामिछानेले एमालेमा निकै लामो समयसम्म योगदान गरेपनि मुल्याँकन नभएका कारण माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेकपा माओवादी केन्द्रका युवा नेता एवँ मन्त्री खड्काले वैतेस्वरको विकास र समृद्धिलाई आफुले प्राथमिकतामा राखेको भन्दै आगामी दिनमा पनि जनताको साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । माओवादी केन्द्र वैतेस्वर ४ का वडा संगठन समिति अध्यक्ष भरत ढुँगेलको अध्यक्षमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य लक्ष्मण खड्का, वैतेस्वर गाउँपालिका संगठन समितिका अध्यक्ष भिमवहादुर श्रेष्ठ, दोलखा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष मिन घिमिरे लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । वैतेस्वर गाउँपालिकामा बिभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने लहर चलेको छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...