pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमाले थाहा ११ को फागुन ४ गते र १२ को ५ गते अधिवेशन हुँदै

1706351911956-1706352043.jpg

नेकपा एमाले थाहा नगरअन्तर्गतका वडाहरुको अधिवेशनको तयारी तीव्र भईरहेको छ । सो अन्तर्गत थाहा ११ को अधिवेशन फागुन ४ गते र थाहा १२ को अधिवेशन फागुन ५ गते गर्ने निर्णय गरेको छ ।

शनिबार थाहा ११ नौखन्डेमा राजकपुर बलको अध्यक्षतामा बसेको बैठकले माघ २१ गतेभित्र सदस्यता नवीकरण गरि फागुन ४ गते वडा अधिवेधन गर्ने निर्णय गरेको छ । 

यसैगरी, शनिबार नै सन्चे स्याङ्तानको अध्यक्षतामा तारुका डाडामा बसेको थाहा १२ को बैठकले फागुन ५ गते अधिवेशन गर्ने निर्णय गरेको छ ।

दुबै बैठक एमाले जिल्ला कमिटी सदस्य तथा थाहानगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा भएको हो । बैठकमा जिल्ला सदस्य तथा थाहा ११ इञ्चार्ज सुनिता दोङ, जिल्ला सदस्य तथा १२ का इञ्चार्ज युवराज गोले, एमाले नेता बिमल कुमार ढकाल, मानबहादुर स्याङ्तानलगायतको उपस्थिति थियो । बैठकहरुमा हालको अवस्थाको समीक्षा गर्दै समय मै पार्टी सदस्यता नवीकरण गराउने र नियमित रुपले पार्टी अभियानलाई प्रभावकारी बनाउने निर्णय समेत भएको छ ।

एमालेको थाहाका विभिन्न वडाहरुले वडा अधिवेशनको मिति तय गरिसकेको छ । वडा नम्बर २ ले फागुन ५ गते, ३ ले ९ गते, ५ ले ११ गते, १ ले १२ गते र ७ ले १५ गते वडा अधिवेशन गर्ने निर्णय गरेर तयारी थालिसकेको एमालेले जनाएको छ । 

एमाले थाहा नगरको अधिवेशन आगामी फागुन २८ गते हुँदैछ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...