jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमाले थाहा नगर अधिवेशन:-सर्वसम्मत नेतृत्व चयनको लागि अध्यक्ष मण्डलले काम थाल्यो

FB_IMG_1709774206144-1709774225.jpg

आउँदो फागुन २८ गते हुने नेकपा एमालेको थाहानगर अधिवेशन प्रभावकारी बनाउन नेताहरुले निर्देशन दिएका छन् ।

२३ फागुनमा भएको नगर अधिवेशन आयोजक कमिटीको सचिवालय बैठकमा एमाले नेताहरुले अधिवेशनलाई पार्टीको आगामी कार्यदिशाको रुपमा समेत लिन निर्देशन दिएका हुन् । एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने अधिवेशनका लागि पार्टीका संगठित सदस्यहरुलाई अनिवार्य सहभागी गर्न निर्देशन दिएका हुन् ।

अधिवेशनको तयारी बैठकले प्रतिनिधिहरुको नामावली अनुमोदन गर्दै थप योजना बनाएको नगर अधिवेशन आयोजक कमिटी सचिव रामकृष्ण बस्नेतले जानकारी दिए । अधिवेशनका लागि थाहाका सबै वडाहरुबाट १ सय ७६ प्रतिनिधि छानिएका छन् भने अधिवेशनमा जनवर्गीय संगठनहरुबाट ३र३ जना र ५ प्रतिशत प्रतिनिधि मनोनित हुने व्यवस्था छ ।

बैठकमा संविधान सभा सदस्य सुभास चन्द्र ठकुरी, बागमती प्रदेश कमिटी सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ का ईञ्चार्ज बलराम बल, बागमती प्रदेश सभा सदस्य तथा एमाले जिल्ला कमिटी अध्यक्ष एकालाल श्रेष्ठ, बागमती प्रदेश सदस्य तथा थाहा नगर ईञ्चार्ज इन्द्रमान स्याङ्तान, अधिवेशन आयोजक कमिटी संयोजक अच्युतम प्रसाद ढकालले मन्तव्य व्यक्त गरे ।

बैठकले अधिवेशनका लागि प्रदेश सदस्य तथा थाहानगर ईञ्चार्ज इन्द्रमान स्याङ्तानको अध्यक्षतामा ९ सदस्यीय अध्यक्षीय मण्डल गठन गरेको छ । अध्यक्ष मण्डलमा सुवास चन्द्र ठकुरी, नारायण रिजाल, श्यामभक्त श्रेष्ठ, बुद्दरत्न मानन्धर, शशीधर सुवेदी, शिवराम थापा, हरि गोपाली र विष्णु प्रसाद ढकाल रहेका छन् । अध्यक्ष मण्डलले अधिवेशन अघि नै सम्भावित उमेदवारहरुबीच छलफल गरी सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने जनाएको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...